२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक

‘सुदूरपश्चिम’लाई ‘सुनजिक–पश्चिम’ बनाउने संकल्प, विकासमा राजनीति नगर्ने बालेनको प्रतिवद्धता

‘सुदूरपश्चिम’लाई ‘सुनजिक–पश्चिम’ बनाउने संकल्प, विकासमा राजनीति नगर्ने बालेनको प्रतिवद्धता
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेशको चौतर्फी विकास र सांस्कृतिक एकीकरणलाई आफ्नो मुख्य राजनीतिक एजेण्डा बनाउने घोषणा गरेको छ ।

बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सुदूरपश्चिमको सपना पूरा गर्ने ऐतिहासिक दायित्व रास्वपाले लिने बताउनुभएको हो ।

पार्टीले विपन्न र गरिब नागरिकका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचारलाई प्रमुख एजेण्डाका रूपमा अघि सारेको बताउनु भयो । खल्तीमा पैसा नभएका कारण कोही पनि नागरिक आधारभुत सेवाबाट वञ्चित हुन नहुने धारणा राख्दै उहाँले विकास निर्माणका कार्यमा हुने ढिलासुस्ती र राजनीतिक पूर्वाग्रहको आलोचना गर्नुभ बालेन्द्र साहयो । सडक पूर्वाधारको प्रसंगमा पार्टीले २० वर्षसम्म पनि नबन्ने सडकहरूलाई डेढ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ । विकासमा दलगत भेदभाव नगरी काँग्रेस, एमाले र माओवादी लगायत सबै दलका समर्थक र आम नेपाली जनता हिँड्ने बाटो निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो । सुदूरपश्चिमको पर्यटन र प्राकृतिक सम्पदाको प्रवद्र्धनमा जोड दिँदै उहाँले बडिमालिका, रामारोशन र खप्तड जस्ता क्षेत्रहरूको महत्वमा ध्यान दिनुपर्ने बताउनु भयो । ‘देशलाई स्विजरल्याण्ड बनाउने’ पुरानो नाराभन्दा पनि यहाँको मौलिकतालाई विश्वसामु चिनाउनु पर्ने र सुदूरपश्चिमलाई काठमाडौंसँग सांस्कृतिक रूपमा जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

उहाँले भन्नुभयो, ‘खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु प¥यो त्यो हाम्रो एजेण्डा, खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनुप¥यो त्यो हाम्रो एजेण्डा । दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुप¥यो त्यो हाम्रो एजेण्डा । रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ, बाटो बन्नुप¥यो । यहाँ त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन यहाँको बाटो किन बनाउने, यो भेगमा मेरो भोट छैन किन बाटो बनाउने, राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए भने काँग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ ।’

‘सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ । मान्छेले देशलाई स्विजरल्याण्ड बनाउनुपर्छ भन्छन्, स्विजरल्याण्डको बाउ बडिमालिका यहीँ छ किन बनाउनु प¥यो स्विजरल्याण्ड ? स्विजरल्याण्डको पराकाष्ठा रामारोशन यहीँ छ किन बनाउनु पर्यो स्विजरल्याण्ड ? खप्तड नेशनल पार्क यहीँ छ किन बनाउनु प¥यो स्विजरल्याण्ड ? हामी नेपालीहरू माल भएर चल्न नपाएका मान्छेहरू प¥यौं । भएको चिज देखाउनै सक्या छैन । सुदूरपश्चिमलाई जोड्नै सक्या छैन । सुदूरपश्चिम त्यो दिन जोडिन्छ जुन दिन सुदूरपश्चिममा एकदम धेरै कलाकार हुनुहुँदो रहेछ । लाख सब्स्क्राइबर भएको, १ मिलियन सब्स्क्राइबर भएको तर त्यो गीत काठमाडौंको चोक चोकमा बज्दैन । जुन दिन सुदूरपश्चिमको गीतहरू काठमाडौंको चोक चोकमा बज्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौँसँग । शुरुमा त गीत बज्नु प¥यो त्यसपछि आवाज बज्छ त्यसपछि माग पूरा हुन्छ । सुन्दा सानो जस्तो लाग्छ तर त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा । सुदूरपश्चिमलाई सु–नजिक पश्चिम बनाउनु पर्यो, राष्ट्रिय स्वतन्त्र पार्टीको त्यो एजेण्डा । तपाईंहरूलाई आज यहाँ आएर भेट्न पाइयो धेरै खुसी लागेको छ। म धेरै बोल्ने मान्छे होइन, राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंहरूसँग यहाँ भोट माग्न आएको होइन काम माग्न आएको हो, काम दिनुस् है ।तपाईँहरूले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ । काम माग्न आएको हो के के छ तपाईंहरूको काम हाम्रो उम्मेदवारहरूलाई हाम्रा पार्टीका मान्छेहरूलाई हाम्रो काम यो हो भनेर लिस्ट दिनु । भोट नदिए पनि हुन्छ बरु कामको लिस्ट दिनु, काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले ।’

उहाँले आफू केवल भोटका लागि मात्र नभई काम गर्नका लागि जनताको बीचमा आएको स्पष्ट पार्नुभयो । ‘सुदूर’ (टाढा) रहेको यस क्षेत्रलाई ‘सुनजिक’ (नजिक) बनाउने लक्ष्यका साथ पार्टीले जनतासँग कामको सूची (लिस्ट) मागेको बताउनु भयो । –