१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

म्याद गुजारेर चिसोमै पिच

म्याद गुजारेर चिसोमै पिच
अ अ+ अ-

लमजुङ । संघीय सरकारले आर्थिक वर्ष ०७५/०७६ मा सुन्दरबजार नगरपालिका–२ परेवाडाँडा हाँडेटारको सडक निर्माणका लागि एक करोड बजेट छुट्यायो । डिभिजन सडक कार्यालय दमौलीले गत वर्षको माघतिर टेन्डर आह्वान गर्यो । फागुनतिर निर्माण व्यवसायीले टेन्डर हाले । निर्माणको जिम्मा भ्याटसहित ८४ लाख ९६ हजार ७ सय ८६ रुपैयाँ ३४ पैसामा वाइल्ड स्टोन कम्पनी तनहुँले लियो ।

निर्माण सक्नुपर्ने म्याद गत साउन २ सम्म थियो । सडकको कालोपत्रे भने चिसो मौसममा हालै मात्र गर्न थालिएको छ । निर्माण सक्नुपर्ने मिति ५ महिनाअघि नै सकिए पनि निर्माणको म्याद थपिएको छैन । सडक निर्माण भइरहेको ठाउँमा कालोपत्रे नमिलेको, राम्रो नभएको, अलकत्रा कतै धेरै त कतै थोरै हालेको स्थानीयको गुनासो छ । रोलरले ग्राभेल नपेलिकन कालोपत्रे गरिएको स्थानीय कालुराम पाण्डेले बताए । ‘यो चिसो मौसम हो । चिसोमा काम नगर्नू भन्दा पनि मान्दैनन् । राम्रोसँग गर्नुभन्दा पनि काम गर्ने तिमी कि हामी भन्छन्,’ उनले भने, ‘कालोपत्रे गरिएको कुनै ठाउँ यस्तो पनि छ– खुट्टाले कोट्याए जमिन देखिन्छ ।’ कालोपत्रे उप्किएको भन्दै स्थानीयले गुनासो गरेपछि उक्त ठाउँमा पुन कालोपत्रे गरिएको छ ।

‘पिच सडक त सबैतिर एकनासै देखिनुपर्ने हो । यहाँ त कतै अलि चिल्लो देखिन्छ, कटै गिट्टी नै गिट्टी,’ स्थानीय मीना पाण्डे महतले भनिन्, ‘गिट्टी देखिएको ठाउँ छोप्न बालुवा फालिएको छ । पिच बाटोमा कहीँ बालुवा राख्नुपर्छ र रु’ कालोपत्रे सडक जस्तो बन्नुपर्ने हो, त्यस्तो नभएको सुन्दरबजार नगरपालिका उपप्रमुख ज्ञानु शाहले बताइन् । ‘हामी प्राविधिक होइनौं । तर सडक कस्तो राम्रो हुन्छ र राम्रो देखिन्छ अनि बलियो हुन्छ भन्ने कुरा अड्कल गर्न सक्छौं,’ उनले भनिन्, ‘सडक बन्यो भन्नलाई मात्रै बनाउने होइन । सडक राम्रो बनेको छैन ।’

मध्य पुसको चिसोमा कालोपत्रे गरिएपछि स्थानीय रुष्ट छन् । गर्मी समयमै कालोपत्रे सक्न भनेकामा चिसोमा आएर सुरु गरिएको जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले बताए । हिँड्नेबित्तिकै कालोपत्रे उप्किने काम नगर्नु नै ठीक रहेको उनले बताए । सडक निर्माणको जिम्मा लिएको मुख्य व्यक्तिले नहेरेर अन्य व्यक्तिले काम हेर्दै आएको स्थानीयको भनाइ छ । टेन्डरमै कमजोरी हुँदा निर्माणसम्म कमजोरी भएको सुन्दरबजार नगरपालिका–२ का अध्यक्ष नवीनकुमार श्रेष्ठको भनाइ छ ।

कालोपत्रेका लागि २५ डिग्री तापक्रम चाहिन्छ । भुटेको चिप्स १ सय ३५ डिग्री तापक्रमभन्दा माथि चाहिन्छ । तर अहिले उक्त क्षेत्रमा कालोपत्रे गर्न तापक्रम नपुग्ने डिभिजन सडक कार्यालय दमौलीका इन्जिनियर ठाकुर भण्डारीले बताए । निर्माण कम्पनीका प्रतिनिधि सुमित शाहीले केही ठाउँमा समस्या आएको स्विकारे । ‘केही ठाउँमा पिच नपुगेको गुनासो छ । त्यस्तो ठाउँमा पुनस् पिच गरेका छौं । नमिलेको ठाउँमा मिलाएका छौं,’ उनले भनेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।