२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक

नेपाललाई सुधार चाहिएको छ, सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँः गगन थापा

नेपाललाई सुधार चाहिएको छ, सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँः गगन थापा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरु उभिएको बताउनुभएको छ ।

बुधवार राजधानीमा आयोजिक कार्यक्रममा उहाँले अबको पाँच वर्ष खेर नफाल्ने गरि संकल्प र योजनासहित आफूहरु आएको बताउनुभएको हो ।

उहाँले नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको बताउनु भयो । त्यसलाई सम्बोधन गर्न सुधार आवश्यक रहेको उहाँको भनाई छ । उहाँकाअनुसार विगत १०–१२ वर्षमा जति विकास हुनुपथ्र्यो, त्यो हुन सकेन । तर अबका पाँच वर्ष खेर जान नदिने उहाँले प्रतिवद्धता जनाउनु भयो । सभापति थापाले देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने बताउनु भयो । देश बनाउन सबै राजनीतिक दलहरूको सहभागिता र सहकार्य आवश्यक रहेको उहाँको भनाई छ । उहाँकाअनुसार राजनीतिक दलहरुसंग विमति हुन्छन्, प्रतिष्पर्धा हुन्छ तर देश बनाउन सबै दल चाहिन्छन् ।

उहाँले देशमा रहेका सबै राजनितिक दललाई समेटेर अघि बढ्ने राजनीति आजको आवश्यकता रहेको र त्यो भुमिका नेपाली काँग्रेसले निर्वाह गर्ने दाबी गर्नुभयो । आगामी निर्वाचनबाट पपुलिस्ट शक्तिहरू सत्तामा आएमा त्यसको भार नेपालले थेग्न नसक्ने उहाँको भनाई छ । उहाँले हालको प्रमुख चुनौती देशलाई पपुलिजमबाट जोगाउनु रहेको उहाँले बताउनुभयो । परिपक्व लोकतन्त्र भएका देशहरू समेत पपुलिज्मको लहरमा परेको उल्लेख गर्दै उहाँले नेपालजस्तो अझै संस्थागत रूपमा बलियो नभइसकेको लोकतन्त्रका लागि यो थप चुनौतीपूर्ण हुने बताउनु भयो । उहाँका अनुसार विश्वका एकसेएक परिपक्व डेमोक्रेसीहरू पनि पपुलिज्मको शिकार भएका छन् । तर त्यहाँ संस्थाहरू बलिया भएकाले पपुलिज्म केही महिनामै ढल्ने गरेको उहाँले बताउनुभयो । नेपालमा संस्थाहरू कमजोर भएको अवस्थामा पपुलिजमले अख्तियारी बोकेर आएमा त्यसको परिणाम गम्भीर हुने उहाँले चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो निर्वाचन अगाडीको हाम्रो ठूलो प्रश्न भनेको चाहीँ के नेपाललाई हामी एक्सट्रिनिजमबाट जोगाउन सक्छौँ भन्ने हो । अहिले एकसेएक परिपक्व डेमोक्रेसीहरु पनि जसरी पपुलिजमको सिकार भएको छ, हेर्दाहेर्दे एउटा वेभजस्तो आएको छ, त्यो पपुलिजमको आक्रमणबाट के नेपालको डेमोक्रेसीलाई जोगाउन सक्छौँ ? हाम्रो डेमोक्रेसी त्यति परिपक्व पनि भइसकेका छैनौँ । हाम्रो ईकोनोमीको आफ्नै च्यालेन्सहरु छ । डेमोक्रेसी परिपक्क भईसकेको संस्थाहरु बनिसकेको ठाउँमा पपुलिजम के हुँदो रहेछ भने पपुलिजम ५÷६ महिना आउँछ, त्यो ढल्छ । किनकी संस्थाहरु बलियो छ । हाम्रो सन्दर्भमा ती संस्थाहरु बलियो बनिसकेको नै छैन । हामीले बनाएनौँ, हामीले भत्कायौँ । संस्थाहरु बलियो नबनेको अवस्थामा आवधिक निर्वाचनबाट पपुलिजम एउटा अख्तियारी बोकेर आयो भने त्यसको भार हामी थेग्न सक्छौँ भन्ने हाम्रो अगाडी एउटा प्रश्न छ । यसको हामीले ठिक ढंगले उत्तर खोज्नुपर्नेछ ।’

‘नागरिकहरुको तहमा ठुलो छटपटाहट छ, खासगरि नौजवानहरुको बीचमा छ, देश जसरी चलिरहेको थियो, अहिले पनि चलिरहेको छ । यस विषयमा उनीहरुको ठूलो कम्प्लेन छ, त्यो जायज छ । उनीहरुको मागलाई सम्बोधन गर्ने नै हो । अहिलेको मुद्धा यही नै हो । नेपाललाई अहिले सुधार चाहिएको हो । सुधारको ग्यारेन्टी लिएर हामीहरु उभिएका छौँ । संकल्प लिएर, योजना लिएर, कुन दिन के गर्ने ? नेपालको यो पाँच वर्ष खेर फाल्न हुन्न, गएको १०÷१२ वर्ष जसरी विकास हुनुपथ्यो, त्यो हुन सकेन । हामीले मान्यौँ, मान्नुपर्छ यसलाई, त्यसको पार्ट हामी पनि हो तर यो पाँच वर्ष हामी खेर फाल्दैनौ । यो पाँच वर्ष खेर नफाल्ने भन्दै गर्दा हामी समालिनुपनि पर्छ । देश उत्तेजनाले मात्रै बदलिन्न । देश रिसले बदलिन्न, देश आवेगले बदलिन्न । म असल, बाँकी रहेका सबै खराब भनेर देश बन्दैन । बन्नै सक्दैन । हाम्रा विमति छन्, राजनितिक दलहरुसँग, हामी फरकफरक राजनितिक दल हौँ, हामी प्रतिष्पर्धा गर्छौं । तर हामी सबैको आफ्नो स्पेश छ । यो देश बनाउन एमाले पनि चाहिन्छ, माओवादी, रास्वपा, जसपा पनि चाहिन्छ, सबै चाहिन्छ । सबैलाई मिलाएर लिएर जानुपर्छ । त्यो मिलाएर लैजाने राजनिति आजको दिनमा नेपाली काँग्रेसले गर्छ ।’ 

उहाँले बौद्धिक व्यक्तित्व तथा पेशाकर्मीहरुलाई पपुलिजमको विरुद्धमा बोल्न पनि आग्रह गर्नुभयो । उहाँले हाल पपुलिजम शक्तिहरुको विरुद्धमा अहिले बोल्न समेत डराउनुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । तर प्रश्न गर्न पछि नहट्न उहाँले आग्रह गर्नुभयो । सत्तामा नपुग्दा नै प्रश्न गर्न नपाईने शक्तिहरु सत्तामा पुगे प्रश्न गर्ने अधिकार सुरक्षित नहुने उहाँको भनाई छ ।