१९ श्रावण २०८३, मंगलवार
,
Latest
सुदूरपश्चिमका विकास आयोजना र स्थानीय समस्या समाधान गर्न रास्वपा सांसदहरूको प्रधानमन्त्रीसँग आग्रह गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारसँग अमरेश सिंहको आग्रह युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्दा पनि सशक्त बनाउनु मुख्य विषयः सांसद पोखरेल मुलुकका पाँच सडकखण्ड अवरुद्ध बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु सुनसरीसहित पूर्वी मधेसको धार्मिक तनावबारे निष्पक्ष अनुसन्धान गर्न कांग्रेस सचेतक राईको माग राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहनुपर्ने कानूनमन्त्रीको अडान नेपाल राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्यमध्ये एक महिला अनिवार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा घर अभावको मुख्य कारण जग्गाको बढ्दो मूल्यः प्रतिवेदन



अ+ अ-

एजेन्सी । अष्ट्रेलियामा नयाँ घर निर्माणमा आवासीय जग्गाको बढ्दो मूल्यले ठूलो असर पारेको छ । यस विषयमा आएको आवास निर्माण उद्योग सङ्घको प्रतिवेदनले देशभर नयाँ घर निर्माणका लागि जग्गाको मूल्य अत्यधिक वृद्धि भएको देखाएको छ ।

प्रतिवेदन अनुसार, सन् २००० देखि नयाँ घर निर्माणका लागि जग्गाको मूल्यमा ५१३ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । त्यही अवधिमा निर्माण लागत र दक्ष कामदारको मूल्य करिब १५० प्रतिशतले बढेको छ ।

सेप्टेम्बर २०२५ सम्मको एक वर्षमा राष्ट्रिय स्तरको जग्गाको मूल्य १० प्रतिशतभन्दा बढी बढेको प्रतिवेदनले उल्लेख गरेको छ, जुन समग्र अर्थतन्त्रको मूल्य वृद्धिको दरको तीन गुणा हो ।

संघीय अर्थशास्त्रीले भन्नुभयो,“अष्ट्रेलियामा घरको मूल्य बढ्नुको मुख्य कारण जग्गा हो । सरकारी नीति अनुसार पूर्वाधार लागत, ढिलाइ र योजना सम्बन्धी शुल्कहरू जग्गाको मूल्यमा समाहित भई नयाँ घर खरिदकर्ताले तिर्नुपर्ने अवस्था सिर्जना भएको छ ।”

उहाँले थप्नुभयो, “तुरुन्त निर्माण गर्न मिल्ने जग्गाको कमी समाधानको मूल पक्ष हो ।”

अष्ट्रेलियाको सङ्घीय, राज्य र क्षेत्रीय सरकारहरूले २०२३ मा पाँच वर्षभित्र देशभर १२ लाख नयाँ घर निर्माण गर्ने लक्ष्य तय गरेका थिए ।

राष्ट्रिय आवास आपूर्ति तथा सस्तो आवास परिषदको २०२५ को वार्षिक प्रतिवेदन अनुसार, सन् २०२४ मा एक लाख ७७ हजार नयाँ घर निर्माण भए, जुन अनुमानित माग दुई लाख २३ हजार भन्दा कम हो ।

प्रतिवेदनले २०२४ देखि पाँच वर्षभित्र नौ लाख ३८ हजार नयाँ घर निर्माण हुने भविष्यवाणी गरेको छ , तर कुनै पनि राज्य वा क्षेत्रमा आफ्नो राष्ट्रिय लक्ष्य पूरा गर्न सक्ने सम्भावना छैन ।