२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक

पपुलिजमले राष्ट्र निर्माण गर्दैन, हामी भिजन र योजनासहित आएका छौँः सचिन तिमल्सिना

पपुलिजमले राष्ट्र निर्माण गर्दैन, हामी भिजन र योजनासहित आएका छौँः सचिन तिमल्सिना
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिनाले सस्तो लोकप्रियता (पपुलिजम) ले देश नबन्ने दाबी गर्नुभएको छ ।

काठमाडौंमा बुधवार आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूहरु स्पष्ट वैचारिक र आर्थिक योजनासहित चुनावी मैदानमा उत्रिएको बताउनुभएको हो ।

तिमल्सिनाले नेपाली काँग्रेसले युवाहरुलाई अवसर दिएको र आफू केवल ‘शक्ति’ प्राप्तिका लागि मात्र नभई ‘सेयर्ड एस्पायरड फ्युचर’ (साझा भविष्यको सपना) निर्माणका लागि आएको स्पष्ट पार्नुभयो । तिमल्सिनाले गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरुको विचार र काँग्रेसको लेगेसीले आफूलाई यो आँट दिएको बताउनु भयो । बौद्धिक समुदायलाई मौन नबस्न आग्रह गर्दै उहाँले अहिले सोसल मिडियामा गाली आउँछ भनेर नेतृत्वहरु डराउनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई के लाग्छ भने अहिले यो देशलाई यहाँबाट सम्हाल्ने र बदल्ने त्यो जिम्मा मात्र होइन त्यो हक पनि नेपाली काँग्रेसलाई छ किनभने हामी तयार भएर आएका छौँ। हिजो युवाहरूले प्रश्न सोधेका थिए, युवाहरूले प्रश्न सोधे सुशासन भएन, हामीलाई क्रेडिबिलिटीमा विश्वास लागेन । त्यत्रो आन्दोलन भयो तर हामीले त्यसलाई नकारेनौँ, त्यो जन(जीको आन्दोलनलाई हामीले आत्मसाथ गर्दै, त्यसको भावलाई आत्मसाथ गर्दै हाम्रो पार्टीलाई यत्रो ठुलो राजनीतिक जोखिम मोलेर रूपान्तरित गरेर लिएर आएका छौँ। रूपान्तरण गरेर आइज भन्दा खेरि हामी रूपान्तरित भएर आयौँ, पुस्तान्तरण गरेर आइज भन्नुभयो हामी पुस्तान्तरण गरेर आयौँ। त्यसैले आजको दिनमा आइपुग्दै गर्दा खेरि मलाई लाग्छ नेपाली कांग्रेस पार्टीसँग त्यो स्पष्ट योजना छ।’

‘हामी समुन्नत नेपालको निर्माण गर्छौं, सत्ता प्राप्त गरेपछि पनि केही गर्छौं भन्ने अवधारणा हामीसँग छ र हामीसँग मात्र छ भन्ने मैले विश्वास लिएको छु। र यो गर्दै गर्दा आजको दिनमा सबैभन्दा सजिलो के भएको छ भन्दा खेरि पोलिटिक्स अफ डिस्क्रेटिङ, डिस्क्रेट गरिदिने, यो नीति निर्माण भनेको एकदमै कम्प्लिकेटेड कुरा हो। यो कम्प्लिकेटेड कुरा हो यसमा माइन्युटमा छलफल हुनुपर्छ। त्यो सबै कुराहरूमा त्यो जनतालाई बुझाउन मेहनत गर्नुपर्छ, यो प्रक्रिया गाह्रो छ। तर संसारभर विशेष गरी यो जुन पपुलिज्मको वेब आएको छ, यसले के गरिदिएको छ भने पपुलिज्मको वेबले त्यो जुन माइन्युट डिटेल्समा त्यो डिस्कसन त्यो संवाद हुनुपर्ने कुरामा वान लाइन सोलुसन जस्तो दिएर देशलाई नै गुमराहमा राख्ने उदाहरण हामीले संसारभर देखेका छौँ। त्यसले सत्ता प्राप्ति गर्छ किनभने त्यसले चाहिँ त्यो देश निर्माणको वाला प्रक्रियालाई कुनै आइडियासँग लडेर जोड्दैन। त्यसले के सँग लगेर जोड्छ भन्दा खेरि हाम्रो देश बन्थ्यो तर फलानोले गर्दा बनेन, हाम्रो देश बन्नुपथ्र्यो तर यो समूहले गर्दा बनेन। र त्यसको सबैभन्दा ठुलो सिकार मध्ये एउटा इन्टेलेक्चुअल कम्युनिटी हो।’

काठमाडौं क्षेत्र नं. ४ ले विगतमा देशकै अब्बल नीति निर्माता दिएको चर्चा गर्दै उहाँले अब आफू दुई नम्बरको अब्बल सांसद बनेर देखाउने बताउनु भयो ।