काठमाडौं । नेकपा एकीकृत समाजवादी र जनवादीबीच एकता भएको छ ।
मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच दुवै पार्टीबीच एकता घोषणा गरिएको हो ।
एमालेबाट अलग भएर नयाँ पार्टी खोलेका माधव नेपालले माओवादीबाट अलग्गिएर बनेको देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादीसँग एकीकरण गरेका हुन् ।
एकता घोषणा कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरू उपस्थित थिए ।
एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा जनवादीका महासचिव देवन्द्रसिंह महता डीएस महताले पार्टी एकतापश्चात् सबैले इमान्दारपूर्वक जिम्मेवारी बहन गर्नुपर्ने बताए ।
माओवादी सशस्त्र युद्धकालमै चुनवाङ बैठकबाट प्रचण्डको कार्यदिशामा असहमति जनाउँदै २०६२ सालमा महतासहितले विद्रोह गर्दै अलग भएका थिए ।
एकता घोषणासँगै महतासहित जानुका श्रेष्ठ, हिमालचन्द्र खरेल, साधुराम चौलागाई, श्यामबहादुर बूढा, छत्र लाखे, विनोद थापा, मिना गिरीलगायतका नेता एकीकृत समाजवादीमा समाहित भएका छन् ।