२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एकीकृत समाजवादी र जनवादीबीच एकता घोषणा



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादी र जनवादीबीच एकता भएको छ । 

मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच दुवै पार्टीबीच एकता घोषणा गरिएको हो ।

एमालेबाट अलग भएर नयाँ पार्टी खोलेका माधव नेपालले माओवादीबाट अलग्गिएर बनेको देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादीसँग एकीकरण गरेका हुन् ।

एकता घोषणा कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरू उपस्थित थिए । 

एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा जनवादीका महासचिव देवन्द्रसिंह महता डीएस महताले पार्टी एकतापश्चात् सबैले इमान्दारपूर्वक जिम्मेवारी बहन गर्नुपर्ने बताए ।

माओवादी सशस्त्र युद्धकालमै चुनवाङ बैठकबाट प्रचण्डको कार्यदिशामा असहमति जनाउँदै २०६२ सालमा महतासहितले विद्रोह गर्दै अलग भएका थिए । 

एकता घोषणासँगै महतासहित जानुका श्रेष्ठ, हिमालचन्द्र खरेल, साधुराम चौलागाई, श्यामबहादुर बूढा, छत्र लाखे, विनोद थापा, मिना गिरीलगायतका नेता एकीकृत समाजवादीमा समाहित भएका छन् ।