४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

एपीएफ र न्यु डायमन्ड फाइनलमा

एपीएफ र न्यु डायमन्ड फाइनलमा
अ+ अ-

काठमाडौं । साविक विजेता विभागीय नेपाल एपीएफ क्लब र उपविजेता तथा आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कथित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार भएको सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई तथा न्यु डायमन्डले विभागीय त्रिभुवन आर्मी क्लबलाइ पराजित गर्दै लगातार तेस्रो संस्करणको फाइनलमा भिडन्त पक्का गरेको हो ।

यि दुई टोलीले अघिल्लो दुवै संस्करणमा पनि फाइनल खेल खेलेका थिए । जसमा पहिलो संस्करणमा न्यु डायमन्ड तथा दोस्रो संस्करणमा एपीएफ च्याम्पियन बनेको थियो । दिनको पहिलो सेमिफाइनलमा एपीएफले पुलिसमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । एपीएफले पुलिसमाथि २५–१४, २५–१८ र २५–१७ को जित निकाल्यो । शनिबारै भएको दोस्रो सेमिफाइनलमा डायमन्डले आर्मीमाथि जित निकाल्दै फाइनलमा एपीएफसँगको भेट पक्का गर्यो । डायमन्ड २५–१७, २५–१६ र २५–११ ले विजयी भयो ।

फाइनल आइतबार दिउँसो १ः३० बजे हुनेछ । त्यसअघि आइतबारै तेस्रो स्थानको लागि पुलिस र आर्मीबीच बिहान ११ः३० बजे प्रतिस्पर्धा हुनेछ । होङ्ग्वान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।