२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

टी–२० विश्वकपः न्युजिल्याण्डसहित ६ टोली सुपर आठमा, यस्तो छ बाँकी टीमको अंकगणित

टी–२० विश्वकपः न्युजिल्याण्डसहित ६ टोली सुपर आठमा, यस्तो छ बाँकी टीमको अंकगणित
अ अ+ अ-

एजेन्सी । भारत र श्रीलंकामा जारी टी–२० विश्वकप २०२६ को आधा खेलहरु सम्पन्न भइसकेका छन् । प्रतियोगीतामा ६ टोली सुपर आठमा पुगिसकेका छन् । आयोजक भारत र श्रीलंकासहित इंग्ल्यान्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र न्युजिल्याण्ड सुपर आठमा पुगिसकेका छन् ।

समूह–डी को भर्खरै सम्पन्न खेलमा क्यानडालाई हराएर न्युजिल्याण्ड अर्को चरणमा प्रवेश गरेको हो । अब समूह ए र समूह बी बाट दुई टोली छनोट हुन बाँकी रहेको छ । समूह बीमा आयरल्याण्डलाई हराउदै जिम्बाब्वे सुपर आठमा पुगे अष्ट्रेलिया समूह चरणबाटै बाहिरिनेछ । सुपर आठमा पुग्न बाँकी टीमहरुको अंकगणित यस्तो छः

समूह एः पाकिस्तानले अन्तिम खेल जित्नैपर्ने

समूह ए बाट सह–आयोजक भारत सुपर आठमा पुगिसकेको छ । आइतबार पाकिस्तानलाई ६१ रनले पराजित गर्दै भारत सुपर आठमा पुगेको थियो । उक्त समूहमा ४ अंकसहित अमेरिका दोस्रो स्थानमा छ । पाकिस्तानको पनि चार अंक भएपनि रन रेटका कारण तेस्रो स्थानमा छ । पाकिस्तानले अन्तिम खेल नामिबियासँग खेल्न बाँकि रहेको छ । उक्त खेल जितेमा पाकिस्तान अर्को चरणमा प्रवेश गर्नेछ । तीन खेल खेलिसकेको नामिबिया भने तीनै खेल हारेर विश्वकपको रेसबाट बाहिरिसकेको छ ।

समूह बीः जिम्बाब्वे जितेमा अष्ट्रेलिया बाहिरिनेछ

समूह बी अन्तर्गत सोमबार घरेलु टोली श्रीलंकाले २०२१ को च्याम्पियन अष्ट्रेलियालाई पराजित गरेको थियो । लगातार तेस्रो खेल जितेको श्रीलंका सजिलै सुपर आठमा पुग्यो ।

समूह बीमा दुई खेल जितेको जिम्बाब्वे दोस्रो स्थानमा छ भने एक खेल जितेर दुई खेल हारेको अष्ट्रेलिया तेस्रो स्थानमा छ । अब जिम्बाब्वेले श्रीलंका र आयरल्यान्डसँग खेल्न बाँकी छ भने अष्ट्रेलियाले ओमनसँग खेल्न बाँकी छ । जिम्बावेले अन्तिम दुई खेलमध्ये एउटा पनि जित्यो भने सुपर–८ मा पुग्ने छ । अष्ट्रेलियालाई भने अर्को चरणमा पुग्न जिम्बावेले दुबै खेलमा हार बेहोर्नुपर्छ ।

समूह सीः इंग्ल्याण्ड र वेस्ट इन्डिज सुपर आठमा

समूह सीबाट सुपर आठको अंकतालिका पुरा भईसकेको छ । यस समुहबाट इंग्ल्याण्ड र वेस्ट इन्डिज सुपर–८ मा पुगिसकेको छ । यस समूहका बाँकी टोली इटाली, नेपाल र स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएका छन् ।

समूह डीः दक्षिण अफ्रिका र न्यूजिल्याण्ड सुपर–८ मा

समूह डी अन्तर्गत मंगलबार क्यानडालाई हराएर न्युजिल्यान्ड सुपर आठमा प्रवेश गरेको छ । यस समुहबाट दक्षिण अफ्रिका तीनवटै खेल जितेर अर्को चरणमा प्रवेश गरिसकेको छ । यस समूहका बाँकी टोली अफगानिस्तान, क्यानडा र युएई समूह चरणबाट बाहिरिएका छन् ।