१७ श्रावण २०८३, आईतवार
,
Latest
दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव ‘फोटोग्राफी तथा फोटो-भिडियो’ पत्रकारिता तालिम समापन ‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको भ्रमणपछि काठमाडौं फिर्ता प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारबाहीमा ‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट पेस्तोल र गोलीसहित कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चितवनबाट काठमाडौँ आउँदै गरेको बा१९च ६९० नम्बरको कारबाट पुरीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पुरीले कालो रङ्गको झोलाभित्र एक थान पेस्तोल र चार राउण्ड गोली लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।रासस