१७ भाद्र २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः… सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश बनाउनेलाई मतदान गर्नुस्ः राप्रपा अध्यक्ष लिङ्देन



फाइल फोटो
अ+ अ-

झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने व्यक्तिलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

आजदेखि सुरु भएको घरदैलो अभियानअन्तर्गत झापा क्षेत्र नं ३ स्थित हल्दिबारीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देश बनाउने र बचाउने व्यक्तिलाई मतदान गर्न आग्रह गर्नुभएको हो ।

“देश अहिले सङ्कटमा छ, देश रहन्छ कि रहँदैन”, अध्यक्ष लिङ्देनले भन्नुभयो, “देश बचाउने हो भने सामाजिक सञ्जालबाट प्रभावित भएर भोट दिने होइन विवेक प्रयोग गरेर देश बनाउनेलाई दिनुहोस् ।” उहाँले यस क्षेत्रमा उल्लेखनीय विकास भए पनि अझै धेरै काम गर्न बाँकी रहेको र भविष्यमा त्यो पूरा गर्ने मतदातालाई आश्वासन दिनुभयो ।

सो क्षेत्रमा १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा २८ वटा वडाका एक लाख ४० हजार ८५७ मतदाता छन् ।

यस निर्वाचन क्षेत्रअन्तर्गत कचनवल गाउँपालिकाका १ देखि ७ सम्म सबै, हल्दिबारीका १ देखि ५ सम्म सबै र बाह्रदशी गाउँपालिकाका सबै वडाहरु पर्दछन् । रासस




भर्खरै