२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनलाई पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्णः मुख्यमन्त्री यादव



अ+ अ-

धनुषा। मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमितिद्वारा जनकपुरमा आयोजित ‘निर्वाचन विशेष अभियान २०८२’ मधेस प्रदेशस्तरीय रणनीतिक बैठकलाई आज सम्बोधन गर्दै नेपाली कांग्रेसका मधेस प्रदेश सभापति समेत रहनुभएका यादवले लोकतन्त्र सुदृढीकरणका लागि तथ्यपरक, सन्तुलित र जिम्मेवार पत्रकारितामा जोड दिँदै गलत सूचना र भ्रामक प्रचारप्रति सचेत रहन सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो ।

उहाँले मधेस प्रदेशमा विकास, सुशासन र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहो¥याउँदै जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै निर्वाचनका बेला सत्य र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

उहाँले पत्रकारहरूको पेसागत सुरक्षा र हकहित संरक्षणमा सङ्गठन प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो । “प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो, त्यसको रक्षा गर्दै जनतालाई सही सूचना दिनु हाम्रो दायित्व हो”, उहाँले भन्नुभयो ।

बैठकमा प्रदेशका सञ्चारकर्मी, युनियनका पदाधिकारी तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।रासस