१९ श्रावण २०८३, मंगलवार
,
Latest
उपभोक्ताले आधा सिलिण्डर ग्यास नभरिदिँदा अहिले समस्या देखियोः उद्योगसचिव दुवाडी राष्ट्र बैंक ऐन संशोधनमा सांसदबीच मतभेद, डेपुटी गभर्नरको संख्या र अर्थ सचिवको भूमिकामा फरक धारणा नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन प्रदेश सरकारको नेतृत्व परिवर्तनमा एमाले नेता भट्टराईको असन्तुष्टि, ‘साटसुट र शक्तिको भाषा किन?’ मिसिलमा क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन कठिन आकस्मिक बाढीको आज मध्यम जोखिम अनशनरत नर्स रानाभाटको समर्थनमा स्वास्थ्यकर्मीद्वारा प्रदर्शन, १५ बुँदे माग सम्बोधन गर्न आग्रह (तस्बिरसहित) २० अर्ब लागतको नारायणगढ–बुटवल सडक आयोजना अन्तिम चरणमा राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रश्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल कबड्डी लिग सिजन २ जुन ५ देखि दशरथ रङ्गशालामा



अ+ अ-

काठमाडौँ । ‘माटोदेखि मैदानसम्म’ भन्ने मूल नाराका साथ नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो संस्करण आयोजना हुने भएको छ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी जुन ५ देखि दशरथ रङ्गशालामा प्रतियोगिता शुरु हुने औपचारिक घोषणा गरिएको हो ।

यस पटकको लिगमा ५० देशका ६ सय भन्दा बढी खेलाडीहरूले दर्ता गरिसकेका छन् । जसमध्ये ५ सय १२ जना नेपाली खेलाडीहरू रहेका छन् । अघिल्लो सिजनको तुलनामा खेलाडीहरूको संख्या दोब्बर हुनुले नेपाल कबड्डीको अन्तर्राष्ट्रिय केन्द्र बन्दै गएको प्रष्ट भएको आयोजकको भनाइ छ । कार्यक्रममा पशुपतिनाथ मन्दिर, स्तम्भ र कबड्डी खेलाडीहरूको कलात्मक प्रतिबिम्ब झल्किने नयाँ आकर्षक ट्रफी पनि सार्वजनिक गरिएको छ ।

कान्तिपुर म्याक्समार्फत प्रत्यक्ष प्रसारण हुने यस प्रतियोगिताले नेपाली खेलाडीहरूलाई विश्वव्यापी मञ्चमा पु¥याउने र कबड्डीलाई नयाँ उचाइ दिने लक्ष्य राखेको आयोजको विश्वास छ ।