१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

हनुमानढोका दरबार हेरचाह अड्डाले रकम फिर्ता गर्न कामपालाई आग्रह



अ+ अ-

काठमाडौँ । हनुमानढोका दरबार हेरचाह अड्डाले सम्झौता भएअनुरुपको बाँकी रकम तत्काल फिर्ता गर्न काठमाडौँ महानगरपालिकालाई आग्रह गरेको छ ।  अहिले अड्डाले विदेशीको लागि रु ३०० को टिकटको व्यवस्था गरेको छ । यसअघिसम्म कामपाले विदेशीको लागि रु एक हजार र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका नागरिकको लागि रु ७५० लिने गरेको थियो ।  यसबाट उठेको रकमको २५ प्रतिशत अड्डालाई दिने गरी विस २०६८ मा ती दुई निकायका बीचमा सम्झौता भएको जनाइएको छ । 

सम्झौताअनुसार पहिलो चरणमा कोरोना भाइरस सुरु हुनुभन्दा पहिलेकै रु तीन करोड ५० लाख र त्यसपछिको रु ५० लाख गरी रु चार करोड दिनुपर्ने अडडको भनाइ छ । उक्त रकम तत्काल दिन कामपालई आग्रह गरिएको छ । यसरी हनुमानढोका प्रवेशमा कामपाले र अड्डाले फरक फरक प्रवेश शुल्क लिँदा विदेशी नागरिक दोहोरो मारमा पर्दै आएका छन् ।     

खर्च व्यवस्थापन गर्न समस्या भएको भन्दै अड्डाले कामपालाई पटकपटक जानकारी गराउँदै यसअघि बाँकी रहेको रकम दिन आग्रह गर्दासमेत उपलब्ध नभए पनि आफूहरुले विदेशीको लागि छुट्टै टिकटको व्यवस्था गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।  
                                       
महामारी सुरु हुनुपूर्वको रु तीन करोड ५० लाख त्यसपछिको केही रकम गरी हाल करिब रु चार करोड दिन बाँकी रहे पनि प्राप्त गर्न नसकेकाले हनुमानढोका विकास समिति सञ्चालन बोर्डको निर्णयअनुसार उक्त स्थानमा विदेशी प्रवेश गर्नका लागि रु ३०० को छुट्टै व्यवस्था गरेको हो । उहाँले  कामपालाई यसअघि दिनुपर्ने रकम  दिन र आगामी दिनमा पनि त्यसलाई निरन्तर गर्न आग्रह गर्दै आएको बताउनुभयो । 

मागअनुरुप कामपाले बक्यौता रकम र आगामी दिनमा पनि सम्झौता भएअनुसारको रकम प्रदान गरेको अवस्थामा  विदेशी पाहुनाको लागि आफूहरुले लिने गरेको रु ३०० को टिकट रद्द गर्ने प्रमुख खनालले स्पष्ट पार्नुभयो ।