२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सेनाद्वारा हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित तेल ट्याङ्कर नियन्त्रणमा



अ+ अ-

काठमाडौँ।  पेन्टागनले आईतवार जानकारी दिएअनुसार अमेरिकी सेनाले रातभरको कारबाहीमा हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित अर्को तेल ट्याङ्करलाई नियन्त्रणमा लिएर त्यसमा खानतलासी गरेको छ ।

‘वेरोनिका ३’ नामको उक्त जहाजलाई क्यारिबियन सागरदेखि हिन्द महासागरसम्म अमेरिकी अधिकारीहरूले पिछा गरेका थिए र अन्ततः त्यसलाई रोकेर निरीक्षण गरिएको पेन्टागनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

जहाज ट्र्याकिङ र सामुन्द्रिक तथ्याङ्क वेबसाइटहरूले वेरोनिका ३ लाई पानामाको झण्डा भएको तेल ट्याङ्करका रूपमा पहिचान गरेका छन् ।

ठीक एक हप्ताअघि पनि अमेरिकी सेनाले भेनेजुएलासँग सम्बन्धित ’एक्विला २’नामको तेल ट्याङ्करलाई क्यारिबियनबाट पिछा गर्दै हिन्द महासागरमा नियन्त्रणमा लिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बरमा भेनेजुएला प्रवेश गर्ने वा बाहिरिने सबै अमेरिकी प्रतिवन्धित तेल ट्याङ्करहरूमाथि ‘पूर्ण नाकाबन्दी’ को आदेश दिएका थिए ।

जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी छापा र गिरफ्तारीपछि पनि यो नाकाबन्दी जारी रहेको छ । (सिन्ह्वा/ न्युज एजेन्सी नेपाल)