१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

मुलुकलाई दुर्घटनाबाट जोगाउन काँग्रेसले निर्वाचनमा बहुमत ल्याउनु पर्छः डा. सुनिल शर्मा

मुलुकलाई दुर्घटनाबाट जोगाउन काँग्रेसले निर्वाचनमा बहुमत ल्याउनु पर्छः डा. सुनिल शर्मा
अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार डा. सुनिल शर्माले मुलुकलाई दुर्घटनाबाट जोगाउन आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई बहुमतका साथ विजयी गराउनुपर्ने बताउनु भएको छ ।

आईतवार मोरङकोकानेपोखरी गाउँपालिका वडा नम्बर ५ मा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

नेता शर्माले काँग्रेस नयाँ नेतृत्वसहित नयाँ मिसन र भिजन लिएर आएकाले पनि काँग्रेसलाई विजयी गराउनुको विकल्प नभएको जिकिर गर्नुभयो । उहाँले एक महिना अघिबाट काँग्रेसमा नयाँ पुराना दुवै पुस्ताले रुचाएको नयाँ नेतृत्व आएकाले त्यसैलाई मतदान गर्न पनि आम मतदातालाई अपिल गर्नुभयो ।

नेता शर्माले भन्नुभयो,‘यहाँ गाउँमा अचेल एक हुल मान्छेहरु आएर के भन्दा रहेछन् भने–भोट नयाँलाई हाल्ने, नयाँलाई दिनुप¥यो नि । अनि मैले सोचे–विज्ञापन त हाम्रो नै गर्दैछन ।

सबभन्दा नयाँ काँग्रेस पार्टीको नेतृत्व आजभन्दा एक महिना अगाडि हामीले परिवर्तन गरेको होइन ? हाम्रो पार्टीको नेतृत्व, काँग्रेस पार्टीको नेतृत्व बदलिएको नेतृत्व युवाहरु त्यही पनि गुरु घिमिरेहरु भनेको त हाम्रो यहीबाट एसएलसी गरेको मान्छे ।

हामीले सम्मानजनक ढंगले मोरङबाट गएको काँग्रेसको सत्ता सुदूरपश्चिममा गएको सत्तालाई फर्काएर ल्यायौ । अनि विचार नयाँ ल्यायौ । विपी कोइरालाले, गिरिवाबाबुले, सुशील कोइराला, सुवर्ण शमशेरहरुले छोडेर जानु भएको जुन आदर्श छ, त्यो सँगसँगै नयाँ युवा साथीहरु काँग्रेसको नेतृत्वमा ल्यायौँ ।

जेन—जी पुस्ताले पनि मान्ने, बुढा पुस्ताहरुले पनि माया गर्ने । सबैलाई ल्याएर हामीले अहिले बदलिएको काँग्रेस लिएर हामी आइरहँदाखेरी अब कुन नयाँ चाहियो साथीहरुलाई ? त्यसकारण तपाईहरुले गाउँमा गएर भन्न सक्नु प¥यो–बदलिएको काँग्रेस नयाँ मिशन, भिजनसहित आज काँग्रेस गाउँमा आएको छ । त्यसलाई बहुमत दिएर मुलुकलाई दुर्घटनाबाट जोगाउनु पर्दछ ।’

त्यस अवसरमा नेता शर्माले आफूले सो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा ३० वर्षमा पनि अरुले गर्न नसकेको काम गरेर देखाएको दावी समेत गर्नुभयो । —न्युज एजेन्सी नेपाल