२१ भाद्र २०८३, आईतवार
,
Latest
गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी महाधिवेशनः भोलि १ बजेदेखि बन्दसत्र सुरु हुने



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र बुधबार दिउँसो १ बजे सुरु हुने भएको छ ।

आज महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको हो । 

महाधिवेशमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल जारी छ । समूहगत छलफलका लागि २५ समूह बनाइएको छ ।

भोलि दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा समूहका संयोजकहरुले छलफलको निष्कर्ष प्रस्तुत गर्ने बताइएको छ ।