१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा २ दिन खिचरी महोत्सव



अ+ अ-

काठमाडौं । बिगतका बर्ष झैँ यस बर्ष पनि राजधानी काठमाडौँमा रहेका थारुले खिचरी महोत्सव आयोजना गर्ने भएका छन् । थारु कल्याणकारिणी सभा काठमाडौँको आयोजनामा संचालन हुने महोत्सव दुई दिन संचालन हुने आयोजकले बताएका छन् ।

महोत्सवमा पुर्व, मध्य र पश्चिमी थारुको भेषभुषा, खानाका परिकार, पुस्तक, गहना, नृत्य लगायतका कुराहरु प्रस्तुत गरिने आयोजकले बताएकोछ ।

महोत्सवमा झन्डै ५० हजार मान्छे सहभागी हुने आयोजकले बताएकोछ । टुँडिखेलमा आयोजना हुने कार्यक्रम निशुल्क हेर्न सकिनेछ ।