१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

गोब्रे च्याउको माग धेरैः बजार धान्न गाह्रै

गोब्रे च्याउको माग धेरैः बजार धान्न गाह्रै
अ अ+ अ-

घोराही । घोराही–१६ तेरौटेका ३० वर्षीय मणिराज पुन हिजोआज जिल्लामै सफल च्याउ कृषकका रुपमा चिनिनुभएको छ । अरूले गर्दै आएको च्याउ खेतीभन्दा फरक तरिकाले उहाँले प्राविधिक रुपमा कठिन मानिएको गोबे्र अर्थात् डल्ले च्याउ उत्पादन गरिरहनुभएको छ ।

उहाँका अनुसार माटो, मल र बीउको मात्रा नमिलाए गोब्रे च्याउ उम्रिँदैन । उम्रिए पनि फक्रिँदैन, कुहिन्छ र डढेर नष्ट पनि हुन्छ । च्याउलाई तरिका पुर्याएर तथा जोगाएर उमार्न अप्ठेरो भए पनि अहिले उहाँले ग्राहकको मागलाई धान्नका लागि भए पनि मेहनेत गरेर गोब्रे च्याउ खेती गरिरहनुभएको छ । उहाँले आफ्नो घर, गोठ, घरछेउमा छाप्राछाप्री बनाएर पनि गोब्रे च्याउको खेती गर्दै आउनुभएको छ । बजारबाट डल्ले च्याउको माग अत्यधिक बढेपछि आफूले सोही च्याउको खेती शुरु गरेको उहाँ बताउनुहुन्छ ।

सामाजिक सञ्जाल चलाउँदै गर्दा सञ्जालमा च्याउ खेतीसम्बन्धी केही भिडियो देखेपछि उहाँले त्यसलाई खोज्दै जानुभयो । च्याउ खेती के कसरी हुँदोरहेछ भनी आफैं पत्ता लगाउने प्रयास गर्नुभयो । च्याउ व्यवसाय गर्न सकिन्छ कि भनेर परिवारको सल्लाहअनुसारकाठमाडौं पुगेर च्याउखेतीको तालीम पनि लिनुभयो । उहाँ भन्नुहुन्छ, “च्याउसम्बन्धी तालीम लिन जाँदा जिल्लामा च्याउ खानुपर्छ भन्ने सोचसमेत यहाँका बासिन्दामा थिएन ।” उहाँले आफैँ तालीम लिनुभयो । एक्लै खेती शुरु गर्नुभयो र बेच्न पनि आफैँ जानुभयो । त्यसताका २३÷२४ वर्षको ठिटो डोको बोकेर बजारमा च्याउ बेच्न जाँदा सबैले खिसी गरेको उहाँ सुनाउनुहुन्छ ।

“यो उमेरको मान्छेले पनि डोका बोकेर च्याउ बेच्न आउने भन्दै सबैजसो हाँस्नेहरु भेटिए”, उहाँ भन्नुहुन्छ, “निरन्तर बेच्न गएपछि च्याउका छुट्टै उपभोक्ता बने ।” केही यस्ता व्यक्ति पनि भेटिए जसले उनको मन राख्न दैनिक एक पाउ भए पनि च्याउ किनिदिए । एक दिन नदेखे किन नआएको भन्दै प्रश्न गर्ने गर्न थाले । क्रमशः च्याउका उपभोक्ता बढे र युवा व्यवसायी पुनको खोजी हुनथाल्यो, च्याउको बजार पनि बढ्न थाल्यो ।

उहाँले अहिले दैनिक ४० देखि ६० केजीसम्म च्याउ बिक्री गरिरहनुभएको छ । उहाँले उत्पादन गर्ने गोब्रे (डल्ले) च्याउको मूल्य प्रतिकेजी रु ५०० छ भने कन्ने च्याउ रु २०० मा बेचिरहनुभएको छ । उहाँले अहिले आफ्नो घर, गोठमा च्याउ उत्पादन गरिरहनुभएको छ । उहाँले एउटा ठूलो टहरासमेत निर्माण गर्नुभएको छ । अब दैनिक १०० केजी च्याउ बेच्ने उहाँको लक्ष्य छ । उहाँको च्याउ प्यूठान र रोल्पा पनि पुगिरहेको छ । उहाँ भन्नुहुन्छ, “जति उत्पादन गरे पनि बजारको माग धान्नै सकिँदैन ।”

उहाँसँगै अन्य चार युवा पनि च्याउ खेतीमा लागेका छन् । उनीहरुले च्याउको व्यवस्थापन र बजार प्रतिनिधिका रुपमा काम गरिरहेका छन् । च्याउ खेतीका लागि सरकारीस्तरबाट आर्थिक सहयोग नभए पनि हौसला र प्राविधिक सहयोग भने पाइरहेको उहाँ बताउनुहुन्छ । च्याउ कृषक पुनले अहिले गौमुखी च्याउ तथा कृषि उद्योग नाम दिएर कृषि फार्म दर्ता गरी व्यावसायिक रुपमै च्याउ व्यवसायमा होमिएका छन् ।

उहाँले अहिले अन्य च्याउभन्दा पनि गोब्रे च्याउलाई बढी प्राथमिकता दिने गर्नुभएको छ । प्राविधिक रुपमा निकै झन्झटिलो छ, माटो बनाउँदा केही सानो गल्ती भएमा गरिएको खेती सबै नष्ट भएर जाने हुन्छ तर उहाँले गोब्रेलाई नै बढी प्राथमिकता दिने गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “गोब्रे च्याउ यति धेरै माग हुन्छ कि ग्राहकलाई छैन भनेर फर्काउनुपरेको छ ।” विशेषगरी होटलमा च्याउका झोल खानका लागि गोब्रे च्याउ बढी बिक्री हुन्छ । अहिले गोब्रे च्याउका पारखी असाध्यै बढेका छन् । घरमै खोज्न आउँछन्, फोन गर्छन् । जिल्ला बाहिरबाट पनि अत्यधिक माग हुने गरेको छ ।
पछिल्लो समय गोब्रे च्याउलाई उपभोक्ताले राम्रोसँग चिनेका छन् । जिल्लामा स्थापना भएको प्रदेशस्तरीय कृषि ज्ञान केन्द्रका प्रचारप्रसार अधिकृत भरत पोखरेल दाङको घोराहीमा च्याउको खेती निकै राम्रोसँग फस्टाएको बताउनुहुन्छ । गोब्रे च्याउ खेती गर्ने भने निकै कम छन् ।

यस्तै कृषिमा नयाँ सोचको विकास गर्ने भन्दै सरकारले ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले एक हजार किलो च्याउको बीउ खपत गर्ने कृषकलाई प्रतिकृषक रु तीन लाख अनुदान दिने गरेको छ । अहिले घोराहीमा मात्रै च्याउका पाँच मुख्य क्षेत्र सञ्चालनमा आएको छ । तीनक्षेत्रका कृषकलाई ज्ञान केन्द्रले आर्थिक र प्राविधिक सहयोग गर्दै आएको उहाँले बताउनुभयो । दाङका कृषकले अहिले तरकारीका रुपमा च्याउको बिक्री गर्नाका साथै यसको सुकुटी बनाउने, अचार बनाउने, सुपका लागि धुलो बनाउने काम गरिरहेका छन् ।