• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति ★   पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री ★   काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने ★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने ★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ) ★   सय दिन पुगेको अवसरमा गृह मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एक्सन एण्ड कन्ट्रोल’ रुम ★   सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन गर्ने निर्णय आगामी मन्त्रिपरिषद्ले गर्छ: मन्त्री अधिकारी

मङ्गलबार नेप्से परिसूचक २.६६ अङ्कले ओरालो लागेर दुई हजार ५१८.९९ अङ्कमा



काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६६ अङ्कले ओरालो लागेर दुई हजार ५१८.९९ अङ्कमा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९१ अङ्कले ओरालो लागेर ४७०.९८ मा झरेको छ ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ । कूल २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर रु तीन अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ मूल्यमा कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्यमा गिरावट आयो भने छ उपसमूहको भने उकालो लाग्यो । बैंकिङ ८.७४, होटल तथा पर्यटन १०.४१, निर्जीवन बीमा ३५.२२, लघुवित्त २६.२८, जीवन बीमा ३९.२५, सामूहिक लगानी कोष ०.०७ र लगानी ०.३७ अङ्कले घटे । यस्तै, व्यापार १६.६९, विकास बैंक ४.८३, जलविद्युत् २४.७८, वित्त १४.७८, उत्पादन १३७.९५ र अन्य ३.२४ अङ्कले उकालो लाग्यो ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २६ करोड ३९ लाख ४३ हजार ५२७ बराबरको कारोबार भयो । यस्तै, नबिल बैंक रु २५ करोड ३७ लाख ३७ हजार ७२४, नेपाल पुनरबीमा कम्पनी रु १२ करोड ८४ लाख ९१ हजार ९३९, मञ्जुश्री फाइनान्स रु १२ करोड ४५ लाख ६२ हजार ५७० र नेपाल लाइफ इन्स्योरेन्स रु नौ करोड ९० लाख ५९ हजार ८३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मध्यभोटेकोशी जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । नेपाल हाइड्रो डेभलपर ५.३६, जानकी फाइनान्स ४.८५, गुडविल फाइनान्स ४.२८ र घलेम्दी हाइड्रोका लगानीकर्ताले ३.९७ प्रतिशतले कमाए ।

त्यस्तै, गुर्खाज फाइनान्स ९.९९, सामलिङ पावर कम्पनी ६।०४, मैलुङ खोला जलविद्युत् कम्पनी ४.८८, युनाइटेड इदी मर्दी ४.६५ र प्रभु सेलेक्ट फण्डका लगानीकर्ताले ३.७८ प्रतिशतले गुमाए ।