२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा आदानप्रदान कार्यक्रम: पाँच देशका एनसीसी प्रतिनिधिमण्डलको प्रधानमन्त्री कार्कीसँग भेट



अ+ अ-

काठमाडौं । युवा आदानप्रदान कार्यक्रम अन्तर्गत नेपाल, भारत, पाकिस्तान, भुटान र मालदिभ्सका राष्ट्रिय सेवा दल (एनसीसी) का प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन्। प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीसँग बालुवाटारमा भेट गरेका हुन्।

प्रतिनिधिमण्डलमा भारतबाट २० सदस्यीय टोली, पाकिस्तानबाट १२ सदस्यीय टोली, भुटानबाट ९ सदस्यीय टोली तथा मालदिभ्सबाट ५ सदस्यीय टोली सहभागी थियो।

प्रधानमन्त्री कार्कीले यस कार्यक्रममार्फत सहभागी राष्ट्रहरूबीच मित्रता, पारस्परिक समझदारी र युवास्तरको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गर्दै नेपाल भ्रमण सुखद् र स्मरणीय रहोस् भनी कामना गर्नुभयो ।

विभिन्न मुलुकका सेनाले अनुशासित, जिम्मेवार, कर्तव्यनिष्ठ तथा सक्षम नेतृत्व क्षमता भएका युवाहरू उत्पादन गर्ने उद्देश्यका साथ विभिन्न प्रशिक्षण तथा आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएका छन्। राष्ट्रिय सेवा दल नेपालले माध्यमिक तथा उच्च माध्यमिक तहका करिब ७ हजार ७१० विद्यार्थीलाई वार्षिक रूपमा जुनियर र सिनियर डिभिजन तालिम प्रदान गर्दै आएको छ।

नेपालले मित्र राष्ट्रहरूका सेवा दलसँग पारस्परिक रूपमा सञ्चालन हुने युवा आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। जसअन्तर्गत उत्कृष्ट क्याडेटहरूलाई बंगलादेश, भुटान, भारत, मालदिभ्स, पाकिस्तान, सिंगापुर र श्रीलंकासँगको पारस्परिक भ्रमणमा सहभागी गराइँदै आएको छ। साथै, सहभागी राष्ट्रहरूलाई वार्षिक नेपाल सेना दिवस समारोहमा समेत आमन्त्रण गरिन्छ।

तस्बिर: केशव थापा/प्रधानमन्त्रीको सचिवालय




भर्खरै