४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

साग पदक विजेता बक्सर सम्मानित

साग पदक विजेता बक्सर सम्मानित
अ+ अ-

एक्स बक्सर ग्रुप मकाउले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल बक्सिङ खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ । नेपाल बक्सिङ संघले आयोजना गरेको कार्यक्रममा पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उप महासचिव पिताम्बर तिम्सिना र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सागमा बक्सिङले ३ स्वर्ण, ६ रजत र उत्तिनै कांस्य जितेको थियो ।

स्वर्ण विजेता मिनु गुरुङ, भूपेन्द्र थापा र सनिल शाहीले समान २०–२० हजार नगद पुरस्कार पाए । रजत जितेका ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दवाडीले जनही १५ हजार नगद पुरस्कार हात पारे । कांस्यधारी सुशील थापा, तेजबहादुर देउवा, पुरन राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापालाई जनही १० हजार नगद पुरस्कार प्रदान गरियो । पूर्व बक्सर सिन्धुपाल्चोक जिल्ला बक्सिङ संघका अध्यक्ष मानबहादुर भण्डारीले मकाउमा रहेका पूर्व बक्सर मानबहादुर श्रेष्ठ मार्फत पुरस्कारका लागि पहल गरेका थिए ।

श्रेष्ठले नै मकाउमै रहेका अन्य पूर्व बक्सरलगायतसंग पुरस्कार रकम संकलन गर्न समन्वयकारी भूमिका निर्वाह गरेको बताइएको छ । श्रेष्ठसहित सहयोग गर्नेमा सुवास थापा मगर, निमबहादुर रेउले, टीकाराम भण्डारी, प्रभुदास थापा मगर, तेजबहादुर चन्द, उद्धव कुँवर, श्याम गिरी, चित्रबहादुर गुरुङ, राजन डंगोल, पदम पन्त, घनश्याम ओली, विकास परियार, महेश रिजाल, मानबहादुर भण्डारी, अजित गुरुङ र विष्णु श्रेष्ठ रहेका छन् ।

अमेरिकामा बस्दै आएका ध्रुवलाल श्रेष्ठ र विजय डंगोलले पुरस्कार रकममा सहयोग गरेका थिए । एक्स बक्सर ग्रुप मकाउले विगत १७ वर्षदेखि खेलाडीलाई सम्मान, खेलाडीको उपचारलगायतका कार्यमा सहयोग गर्दै आइरहेको सिन्धुपाल्चोक जिल्ला बक्सिङ संघका अध्यक्ष भण्डारीले जानकारी गराए । सोही अवसरमा नेपाल बक्सिङ संघले पनि सागमा पदकविहीन खेलाडी दीपक श्रेष्ठ, प्रशिक्षक, निर्णायक र व्यवस्थापकलाई सम्मान गरेको थियो ।

दीपक श्रेष्ठ १० हजार तथा प्रशिक्षकहरु प्रकाश थापा मगर, एलिसेर राखिमुभ, प्रवीण तुलाधर, दम्बर दत्त भट्ट, किशोर लिम्बू, दीपक महर्जन र सुरेश मल्ललाई जनही ५ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरियो ।

निर्णायक पुस्करराज पन्त, रामचन्द्र थापा मगर, धनकुमार मैनाली र ताराराम श्रेष्ठ तथा व्यवस्थापक प्रेम पौजु र प्रमिला राईलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरियो ।पूर्व खेलाडीद्वय सुरेश आले मगर र मथुरादास नेवा पनि नगदसहित सम्मानित भए । सागका दौरान सहयोग गरेका करातेका राजेन्द्र कपाली र राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी रत्नकाजी मालीलाई पनि नगदसहित सम्मान गरिएको थियो ।