१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा अतिक्रमण बिरुद्ध अमेरिकामा राष्ट्रसंघको मुख्यालय अगाडी नेपालीको प्रर्दशन



अ+ अ-

काठमाडौं । भारतीय पक्षबाट सीमा अतिक्रमण भएको भन्दै अमेरिकामा रहेका नेपालीहरुले न्यूयोर्क को म्यानहटनमा रहेको सयुक्त राष्ट्रसंघ मुख्यालय अगाडी प्रर्दशन गरेका छन ।

भारतले नोमेम्बर दुईमा जारी सार्बजनिक गरेको नक्सामा लिपुलेक , लिम्पियाधुरा र कालापानी क्षेत्रको तीन सय बहत्तर बर्ग किलोमिटर भू –भाग अतिक्रमण गरेको भन्दै राष्ट्रसंघको मूख्यालय अगाडी प्रर्दशन र पबक्ता मार्फत महासचिब लाई ज्ञापनपत्र बुझाईएको पत्रकार प्रेम बानियाले जानकारी दिनु भयो । देशको भूमी रक्षार्थ नेपाल र भारत सरकारलाई सकारात्मक दवाब दिनका लागी नेपाली आबाज बुलन्द पारिएको आयोजकले जनाएका छन् ।

स्थानीय समय अनसार सोमबार बिहान ११ः३० देखी १२ : ३० सम्म गरिएको कार्यक्रममा न्यूयोर्क र अन्य क्षेत्रमा रहेका नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सीमाबिद् बुद्धिनारायण श्रेष्ठले नेपालका तर्फबाट लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूभाग समेटेको नक्शा तुरुन्त सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

उहाले भन्नुभयो यस सीमा अतिक्रमण का बिषयमा भारत सरकारले अलमल्याउने काम मात्र गर्दे आएको छ , देश भित्र राष्ट्रिय सहमति जुटेकोबेला सरकार दह्रो भएर उभिनु पर्दछ । कार्यक्रममा शहभागीहरुले सीमा समस्याका लागी शशक्त र सकारात्मक प्रयास हुन नसकेको भन्दै सम्बाद मार्फत बिवादको निरुपण गरी भारतले असल छिमेकीको ब्यबहार देखाउनु पर्ने जनाए ।

उनिहरुको भनाई थियो कर्मका लागी जुन देशमा बसेपनि देशको सीमा मिचिदा स्बाभिमानी नेपालीको आत्मा रुन्छ । यसैका लागी जसले जहाबाट सकिन्छ त्यही बाट पहल गरैका हौ ।

प्रदर्शनमा गायिका सपना श्री र गायक रामप्रसाद खनालले गीत मार्फत सीमा अतिक्रमणको विरोध गरेको कार्यक्रममा कवियत्री शकुन ज्ञवालीले कविता मार्फत देशभक्ति बुझाउन प्रयास गर्नुभयो ।