१० असार २०८३, बुधबार
,
Latest
इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा अतिक्रमण बिरुद्ध अमेरिकामा राष्ट्रसंघको मुख्यालय अगाडी नेपालीको प्रर्दशन



अ+ अ-

काठमाडौं । भारतीय पक्षबाट सीमा अतिक्रमण भएको भन्दै अमेरिकामा रहेका नेपालीहरुले न्यूयोर्क को म्यानहटनमा रहेको सयुक्त राष्ट्रसंघ मुख्यालय अगाडी प्रर्दशन गरेका छन ।

भारतले नोमेम्बर दुईमा जारी सार्बजनिक गरेको नक्सामा लिपुलेक , लिम्पियाधुरा र कालापानी क्षेत्रको तीन सय बहत्तर बर्ग किलोमिटर भू –भाग अतिक्रमण गरेको भन्दै राष्ट्रसंघको मूख्यालय अगाडी प्रर्दशन र पबक्ता मार्फत महासचिब लाई ज्ञापनपत्र बुझाईएको पत्रकार प्रेम बानियाले जानकारी दिनु भयो । देशको भूमी रक्षार्थ नेपाल र भारत सरकारलाई सकारात्मक दवाब दिनका लागी नेपाली आबाज बुलन्द पारिएको आयोजकले जनाएका छन् ।

स्थानीय समय अनसार सोमबार बिहान ११ः३० देखी १२ : ३० सम्म गरिएको कार्यक्रममा न्यूयोर्क र अन्य क्षेत्रमा रहेका नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सीमाबिद् बुद्धिनारायण श्रेष्ठले नेपालका तर्फबाट लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूभाग समेटेको नक्शा तुरुन्त सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

उहाले भन्नुभयो यस सीमा अतिक्रमण का बिषयमा भारत सरकारले अलमल्याउने काम मात्र गर्दे आएको छ , देश भित्र राष्ट्रिय सहमति जुटेकोबेला सरकार दह्रो भएर उभिनु पर्दछ । कार्यक्रममा शहभागीहरुले सीमा समस्याका लागी शशक्त र सकारात्मक प्रयास हुन नसकेको भन्दै सम्बाद मार्फत बिवादको निरुपण गरी भारतले असल छिमेकीको ब्यबहार देखाउनु पर्ने जनाए ।

उनिहरुको भनाई थियो कर्मका लागी जुन देशमा बसेपनि देशको सीमा मिचिदा स्बाभिमानी नेपालीको आत्मा रुन्छ । यसैका लागी जसले जहाबाट सकिन्छ त्यही बाट पहल गरैका हौ ।

प्रदर्शनमा गायिका सपना श्री र गायक रामप्रसाद खनालले गीत मार्फत सीमा अतिक्रमणको विरोध गरेको कार्यक्रममा कवियत्री शकुन ज्ञवालीले कविता मार्फत देशभक्ति बुझाउन प्रयास गर्नुभयो ।