५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारकर्मी खड्काको ‘नियत’



अ+ अ-

काठमाडौं । सञ्चारकर्मी डिबी खड्काद्वारा लिखित पुस्तक ‘नियत’ बजारमा आएको छ । पुस्तकको अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का, लक्ष्मी बर्देवा, नेपाल लाइभका सम्पादक नारायण अमृत र अमर खड्काले संयुक्तरूपमा विमोचन गरे । सम्पादक अमृतले खड्काले सरल र मीठो भाषामा चलचित्र क्षेत्रभित्र मौलाएको प्रवृत्ति केलाउने कोशिस गरेको बताए । उनले भने, ‘चलचित्रका विषयमा नेपालमा कमै लेखिएका पुस्तक छन् । डिबीले यस विषयमा गहिरिएर यस क्षेत्रलाई खोतल्ने प्रयास गरेका छन् ।’

कार्यक्रममा अभिनेत्री रेखाले पुस्तक आफूलाई असाध्यै मनपरेको जिकिर गरिन् । उनले भनिन्, ‘पुस्तक जति पढ्यो उति मजा लाग्यो । फिल्म बनाऊँ जस्तो लाग्यो । पढ्दै जाँदा रुचिपूर्ण कथाजस्तो लाग्यो ।’ त्यसैगरी अभिनेत्री स्वस्तिमाले खड्काले लेखेको पुस्तकले आफूलाई तानेको सुनाइन् । उनले आफू कहिल्यै किताब नपढ्ने मान्छे भए पनि घर पुग्नेबित्तिकै पढेको बताइन् । उनले भनिन्, ‘मैले चलचित्र क्षेत्रमा धन्न सिरियस मान्छेसँग काम गर्न पाएँ र त्यस्तो दुव्र्यवहार खेप्नु परेन ।’

कार्यक्रममा अभिनेत्री लक्ष्मीले पुस्तकमा चलचित्र क्षेत्रको वास्तविकतालाई कलात्मकरूपमा चित्रण गरिएको बताइन् । उनले पुस्तकमा उल्लेख गरिएका कतिपय विषयले आफू निकै प्रभावित भएको विचार व्यक्त गरिन् ।