१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री राईद्वारा माघे सङ्क्रान्ति र यले संवत्को शुभकामना



अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले माघे सङ्क्रान्ति तथा माघीपर्व–२०७६ र यले संवत् ५०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उनले आज जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश हो । जातीय तथा धार्मिक सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मकर सङ्क्रान्ति, माघीपर्व तथा यले संवत्लाई विभिन्न समुदायले आफ्नो मुख्य पर्व र वर्षको रुपमा हर्षोल्लासपूर्वक धुमधामले मनाउने गरिएको छ ।”

मुख्यमन्त्री राईले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्व छन् र यी पर्वले नयाँ उमङ्ग र उत्साहसाथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको सन्देशमा उल्लेख गरेका छन् ।

“तरुल लगायतका कन्दमुल, घ्यूचाकु तिलको लड्डु र खिचडीलगायतका परिकार खाई मनोरञ्जनपूर्वक खुशी साटासाट गरी मनाइने यस चाडले हामी नेपालीबीच बन्धुत्व एकता र सद्भाव कायम राख्न मद्दत पुर्याएको छ”, सन्देशमा उनले भनेका छन्, “मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संवद्र्धन गर्नु हामी सबैको दायित्व हो । ” मुख्यमन्त्री राईले यस्ता चाडले नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा प्रेरणा मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गरेका छन् ।