१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध रङ्गशाला बनाउन गल्छी गाउँपालिकाले दियो १०० टिपर बालुवा



अ+ अ-

काठमाडौँ । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन १०० टिपर बालुवा निःशुल्क ढुवानी गर्ने भएको छ । समितिले धुर्मुस–सुन्तली फाउण्डेशनले जनस्तरबाट सङ्कलित रकमबाट चितवनमा निर्माणाधीन रङ्गशालालाई धादिङको गल्छी गाउँपालिकाले उपलब्ध गराएको १०० टिपर वालुवा निःशुल्क ढुवानी गर्न लागेको हो ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल र समितिका अध्यक्ष रामकुमार चापागाईँबीच मंगलबार सम्झौतासमेत भएको छ । समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माणका लागि टिपर तथा ट्रक व्यवसायीले थोरै भएपनि सहयोग गर्न उक्त निर्णय गरेको जानकारी दिए। पछिल्लो समय खेल मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणले निरन्तरता पाएको जानकारी दिए ।

रङ्गशालाको आकार आउने गरी काम अघि बढेको छ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको उनले जानकारी दिए । रङ्गशालामा नमूना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् । ५० ओभरका तीनवटा पिच तयार भएर तीनै खेलमैदानमा खेल भएका हुन । रङ्गशाला सम्पन्न हुँदै गर्दा सो ठाउँ पार्किङ हुनेछ । रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ । रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ । रङ्गशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ ।