१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

यसरी हुदैछ राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोगमा मतदान

यसरी हुदैछ राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोगमा मतदान
अ अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ । आगामी सात दिनभित्रमा सो प्रस्ताव अघि बढ्ने समाचारमा जनाइएको छ । त्यसका बुधबार अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको उहाँमाथिको महाभियोगसम्बन्धी जानकारी सिनेटमा पठाइने छ ।

सिनेट अमेरिकी संसदको माथिल्लो सदन हो । त्यहाँ १०० जना सांसद रहने छन् । उनीहरुले दुई तिहाई बहुमतबाट राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउन सक्नेछन् । यस महाभियोग प्रस्तावमाथिको समग्र प्रक्रियाको नेतृत्व अमेरिकाका प्रधानन्यायाधीशले गर्नुहुने छ कानुनी प्रावधान अनुरुप नै उहाँलाई पनि यस विषयमा सहभागी गराइने छ र त्यो प्रक्रिया यसैहप्ताबाट नै शुरु हुने पनि सिनेटका एकजना अधिकारीले जानकारी दिनुभएको छ ।

यसै हप्ताको बिहीबार अथवा शुक्रबारसम्ममा अमेरिकाको सर्वाेच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टले सिनेटमा हुने यससम्बन्धी महाभियोग प्रक्रियाको अध्यक्षताको सपथ लिनुहुने कार्यक्रम छ । यस महाभियोग प्रक्रियाको अध्यक्षता अमेरिकी सर्वाेच्च अ दालतका प्रधानन्यायाधीशले ग्रहण गर्ने कानुनी प्रावधान रहेको छ । यसरी यो महाभियोगमा मतदान हुनु अगाडि नै केही प्रक्रियाहरु रहने छन् ।

ती प्रक्रिया पूरा गर्दा त्यस्तै आगामी फेबु्रअरी महिनाको अन्त्यसम्ममा लाग्ने बताइएको छ । सिनेटका अधिकारीले यसै हप्ताबाट नै उहाँका विरुद्धको महाभियोगको प्रक्रिया प्रारम्भ हुने जानकारी गराएका हुन् । यसअघि गत महिनामात्र अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरेको भन्ने आरोपको पक्षमा मतदान गरेको थियो । त्यो ट्रम्पविरुद्धका दुई महाभियोगका आरोपहरू मध्येको एउटा थियो ।

त्यस महाभियोग प्रस्तावमा भएको मतदानमा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो । अममेरिकी राजनीतिक पार्टीको एजेण्डाअनुरुप नै मत खसेको बताइएको थियो । उक्त प्रस्तावमा अधिकांश डेमोक्र्याट सदस्यले आरोपको पक्षमा र रिपब्लिकनहरूले आरोपको विपक्षमा मत हालेका थिए । राष्ट्रपति ट्रम्पले अब महाभियोगको दोस्रो आरोपको रूपमा रहेको कंग्रेसलाई अवरुद्ध तुल्याएको विषयमा पनि मतदानको सामना गर्नुपर्ने देखिन्छ ।

डोनाल्ड ट्रम्प अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट महाभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति बन्नुभएको छ । उक्त मुद्दा माथिल्लो सदन सिनेटमा प्रवेश गरेपछि गरिने महाभियोगको प्रस्तावमाथिको मतदानले उहाँ राष्ट्रपति रहने वा नरहने भन्नेबारे समेत निर्णय गर्नेछ ।