८ आश्विन २०८१, मंगलवार
,
Latest
देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनाब, निर्माण व्यवसायीले घेरे पदाधिकारी , समस्याका कारक सदस्य सचिब लामा भएको… प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट सिमेन्टमा जमेको अवस्थामा १६ वर्षपछि दक्षिण कोरियाली महिलाको शव फेला अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकूदले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गरायो : मन्त्री विश्वकर्मा



अ+ अ-

कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग)ले देशको गौरव बढाएको बताउनुभएको छ । कास्कीमा आजदेखि शुरु भएको ‘माछापुच्छ«े त्रिशक्ति युनाइटेड कप’ गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले साग खेलकूदको सफलतासँगै नेपाल र नेपालीको प्रतिष्ठा, इज्जत र गरिमा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित भएको बताउनुभयो ।

पछिल्लो समयमा खेलकूदबाट सिङ्गो देशको प्रतिष्ठा माथि उठेको महसुस भएको बताउँदै मन्त्री विश्वकर्माले भन्नुभयो, “सम्पूर्ण देशको ध्यान फेरि एक पटक खेलकूद क्षेत्रप्रति आकर्षित भएको छ । खेलकूदको विकासका लागि सबैतिरबाट चासो, अभिरुचि बढेर गएको छ ।”

खेल क्षेत्रको विकास र विस्तारका लागि सरकारले नयाँ ढङ्गबाट सोचेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले ७५३ वटै पालिकामा एक÷एक वटा दीर्घकालीन महत्वको स्थानीय तहको रङ्गशाला बनाउने योजना बजेट कार्यक्रममा उल्लेख गरिएकाले यसै महिनाबाट काम शुरु हुने जानकारी दिनुभयो । मन्त्रालयले प्रत्येक खेलग्राम निर्माणका लागि रु ५० लाख बजेट विनियोजन गरेको जानकारीसमेत दिनुभयो ।

सङ्घ र प्रदेश सरकारबाट चालू वर्षमा इतिहासमै पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र रहेको कास्की–३ मा शिक्षा, स्वास्थ्य तथा खेलकूदलगायतका विषयमा सर्वाधिक बजेट विनियोजन भएकाले समयमै निर्माण सम्पन्न गर्नुपर्नेमा मन्त्री विश्वकर्माले जोड दिनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले सागको सफलताबाट विश्वले आँखा खोलेर हेर्ने स्थानमा नेपाल रहेको बताउँदै यहाँको पर्यटन प्रवद्र्धनमा समेत सघाएको भनाइ राख्नुभयो ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले लाहाचोकको खेलमैदान गाउँपालिका र खेलकूदको केन्द्र बन्ने सम्भावना रहेको औँल्याउनुभयो । अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष कृष्ण थापाले माछापुच्छे«को भेँडाबारीमा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले प्राविधिक केन्द्र बनाउन लागेको जानकारी जानकारी दिनुभयो ।

भिजन लुम्बिनीका अध्यक्ष जगत पोखरेलले युवालाई रोजगारी तथा लगानीमा जोड्ने उद्देश्यले सेती नदीमा २५ मेघावाट जलविद्युत् आयोजना निर्माण शुरु गर्न लागिएको जानकारी दिँदै सहयोगका लागि आग्रह गर्नुभयो ।

यही माघ ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकीका विभिन्न जिल्लाबाट गरी १२ टोलीको सहभागिता रहेको छ । माछापुच्छ«े त्रिशक्ति क्लब र बागलुङ जिल्ला फुटबल सङ्घबीच आज भएको उद्घाटन खेलमा आयोजक त्रिशक्ति क्लब विजयी भएको छ ।

निर्धारित समयमा दुवै टोलीबाट एक÷एक गोल भएपछि पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले बागलुङलाई आयोजक टोलीले पराजित गरेको हो । प्रतियोगिताको विजेताले रु एक लाख ५५ हजार ५५५, ट्रफी तथा उपविजेताले रु ७७ हजार ७७७ पुरस्कार तथा ट्रफी प्राप्त गर्ने क्लबका अध्यक्ष नीरज शाहीले जानकारी दिनुभयो ।

उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, र सर्वाधिक गोलकर्तालाई समेत नगद पुरस्कार प्रदान गरिने बताइन्छ ।