१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा स्कारपियो दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३ को अवस्था गम्भीर



अ+ अ-

रौतहट । जिल्लाको चन्द्रपुर–गौर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाएका छन् । यस्तै, दुर्घटनामा परी ३ जनाको अवस्था गम्भरी रहेको बताइएको छ । 

गढीमाई नगरपालिका गम्हरिया टोलबाट परोहा नगरपालिकाको नरकटिया टोलमा जन्ती लिएर गएको भारतीय गाडी बिआर शून्य ५ पिए ६९५३  नम्बरको रातो स्कारपियोे फर्किने क्रममा दुर्घटनामा परेको थियो ।

स्कारपियो आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।