काठमाडौं । एभिसी सिनियर सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको उपाधि श्रीलंकाले जितेको छ।
मंगलबार भएको खेलमा घरेलु टोली बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै श्रीलंका च्याम्पियन बनेको हो ।
बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको उपाधि भिडन्तमा श्रीलंकाले प्रतिस्पर्धात्मक पहिलो सेट २८–२६ ले आफ्नो पक्षमा पार्दा त्यसपछिका दुई सेटमा भने २५–२० र २५–२० ले आफ्नो पक्षमा पार्दै उपाधि जित्यो।
पुरुष तर्फ नेपाली टोली भने चौंथो बन्यो। महिला तर्फ भने नेपाल च्याम्पियन बनेको छ ।