२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरपूर्वी अफगानिस्तानमा मिनी बस दुर्घटना, १२ जनाको मृत्यु



अ+ अ-

फैजाबाद। अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा एक मिनीबस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना गम्भीर घाइते भएका स्थानीय अधिकारीले शनिबार जनाएका छन् ।

बदाखसान प्रान्तको राजधानी फैजावादतर्फ जाँदै गरेको बस बिग्रिएको सडक अवस्थाका कारण नियन्त्रण गुमाउँदा सडकबाट केही तल दुर्घटनाग्रस्त हुनपुगेको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन् ।

“घटनामा परी १२ जनाको निधन भएको छ भने महिला र बालबालिकासहित केही घाइते भएका छन् । उनीहरूको अवस्था गम्भीर छ,” प्रवक्ताले भने।

दशकौँदेखिको द्वन्द्वपछि खराब सडक, धेरै पूराना सवारी साधनलाई मर्मतसम्भार बिना नै दुरावस्थामा सडकमा गुडाइनु र नियमनको अभावका कारण अफगानिस्तानमा घातक ट्राफिक दुर्घटनाहरूबाट सयौँ मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ।

गत वर्षको अगस्टमा पश्चिमी हेरात प्रान्तमा भएको बस दुर्घटना ७८ जनाको मृत्यु भएको थियो भने गत अगस्टको अन्त्यतिर राजधानी काबुल नजिकैको राजमार्गमा अर्को एक बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको थियो ।  (रासस/एएफपी)