१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

हिउँको रमाइलो छ चिनियाँ शहर ‘हारबिन’ मा

हिउँको रमाइलो छ चिनियाँ शहर ‘हारबिन’ मा
अ अ+ अ-

काठमाडौँ । संसारको सबैभन्दा चिसो शहरमा घुम्ने र हिउँमा रमाउने चाहना साँचेर राख्नुभएको छ भने चीनको हारबिन शहरलाई सम्झनोस् र आँट गरी पुग्नोस् । यहाँ तपाईले बरफका संरचना र हिउँमा कुँदिएका कलाकारिताको अद्भूत नमूना देख्न पाउनु हुन्छ । स्की खेल मज्जासँग खेल्न सक्नुहुन्छ र सँगसँगै तातोपानीमा स्नान गर्ने अवसर पनि पाउनुहुन्छ । यी सबै कुराको प्रत्यक्ष अनुभव गर्ने उपयुक्त समय डिसेम्बर–जनवरी हो ।

रुससँग सिमाना जोडिएको चीनको सुदूर उत्तरी प्रान्त हो हेलंगजियाङ । यसको राजधानी हारबिन संसारकै सबैभन्दा चिसो शहर मानिन्छ । हेलंग (कालो ड्रागन) नदीको नामबाट यस प्रान्तको नामकरण भएको छ । डिसेम्बर–जनवरीमा थुप्रिने बरफका ढिक्काहरु र हिउँका थुप्रोमा महल बनाएर र आकृतिहरु कुँदेर यहाँ प्रदर्शनमा राखिने गरिन्छ र प्रतियोगिता समेत आयोजना गर्ने गरिन्छ हरेक वर्ष जनवरी महीनाको प्रारम्भतिर ।

सोङहुआ नदीको उत्तरी किनारामा यस वर्ष ३६ औँ हारबिन अन्तर्राष्ट्रिय बरफ तथा हिउँ महोत्सवको जनवरी ५ मा शुभारम्भ गरियो । यस पटकको नारा रहेको छ ‘आइस स्नो इन्टेग्रेशन, हैप्पी टु गो टुगेदर’ । यस महोत्सवको विशेषता नै के हो भने झण्डै ६ लाख वर्गमिटर क्षेत्रफलभित्र हिउँका विशाल महल, पदमार्ग, पर्खाल र स्तम्भहरु खडा गरेर प्रदर्शनका लागि राखिन्छ जसभित्र बत्ती जडान गरिएका हुन्छन् । घामको उज्यालोमा भन्दा राति ती संरचनाहरु झिलिमिलि हुन्छन् र जीवन्तताको आभाष दिइरहेका हुन्छन् । यी संरचना मार्चसम्म रहन्छ । यो समय स्थानीय बासिन्दाका लागि ठूलो चाड त हो नै हिउँदे छुट्टि मनाउन चाहने विश्वभरकै पर्यटकहरुका लागि मेला पनि हो । हिउँदमा यहाँका ताल र नदीहरु हिउँको रुपमा जमेका हुन्छन् र यसले आगन्तुकहरुलाई अचम्भित पार्छ । यस पटकको महोसत्व उद्घाटन समारोहमा विभिन्न राष्ट्रका विशिष्ट पाहुना तथा महानगरका मेयरहरुको उपस्थिति रह्यो । आयोजक संस्था हारबिन म्युनिसिपल गवर्मेन्टका अनुसार यस पटक मूल कार्यक्रम र ४०० अतिरिक्त गतिविधिसहित महोत्सव आयोजना भइरहेको छ ।
हिउँका थुप्रामा कति ठूलो संरचना वा कला सिर्जना गर्न सकिन्छ होला रु यसको दृष्टान्त तपाईंले पिङफाङ जिल्लाको नं ३ जिङबेइ रोडमा अवस्थित ताइयाङ दाओ टापूमा देख्नु सक्नुहुन्छ । यहाँ बरफमा विशाल कला सिर्जना गरिएका छन् । कतिपय कला र आकृति प्रतियोगीहरुले तयार पारेका भेटिनु हुन्छ । कलाकारहरुको टोलीले हिउँमा कला सिर्जना गर्दै गरेका पनि यहाँ देख्न सकिन्छ

याबुली टाकुरामा स्कीको मज्जा

स्की खेल खेल्न चाहनेहरुको भीड हारबिनको याबुली पर्वतमा देख्न सकिन्छ । राजधानी हारबिनबाट ११७ किलोमिटर दक्षिण पूर्वमा पर्ने यो ठाउँ पुग्न द्रुुत गतिको रेल सेवा पनि छ । यहाँ हिउँमा चिप्लेटी खेल्ने वयस्कहरु त छन् नै, सिक्न चाहने थुप्रै किशोरकिशोरीले पनि प्रशिक्षकबाट चिप्लेटी खेल्ने अभ्यास लिइरहेका भेटिन्छन् । स्की खेल खेल्नेहरुलाई केबुल कारले टाकुरासम्म पु¥याइदिन्छ । त्यहाँबाट मोड र घुम्ती हुँदै चिप्लेटी खेल्ने हो । स्की खेलको मज्जा उठाउन चाहने उत्साहीहरुको गजबकै भीडभाड यहाँ देख्न सकिन्छ । यहाँ यस पटक २०२० वल्र्ड प्यारानर्डिक स्कीइङ एशिया कप प्रतियोगिता आयोजना भयो ।

चीनकै सबैभन्दा ठूलो स्की रिसोर्ट यो पर्वतमा रहेको छ र यो चिनियाँ स्की खेल प्रेमीहरुको पहिलो रोजाइको पहाड हो । यद्यपि यहाँ केही रुसी र पूर्वी एशियाली मुलुकका सौखिन खेलाडीहरु पनि आइरहेका हुन्छन् । यहाँ खटिएका स्वयंसेवक हान पिझेले यूरोपभर थुप्रै स्थानमा स्की खेल खेल्न सकिने राम्रा ठाउँहरु रहेकाले युरोपेलीहरुलाई लक्ष्य गरी प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन नगरिएको बताए ।

उनका अनुसार जाडो मौसममा यहाँको न्यूनतम तापक्रम माइनस ४२ डिग्री र अधिकतम माइनस २३।५ डिग्री सेल्सियसका बीचमा रहन्छ । अरु बेला भने एक हजार ३७४ मिटर अग्लो यो पर्वत र वरपरको क्षेत्र रमाइलो वन र उद्यानमा परिणत हुन्छ । यहाँ घुम्न आउनेहरुले स्की खेलका साथै हट स्प्रिङवाटर र वाटर पार्कको आनन्द लिन पाउँछन् । यसै क्षेत्रमा बाँसैबासले बनाइएको पाण्डा चिडियाघर रहेको छ । यो ६ हजार ५०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । यहाँ खाएर मस्त सुतेर बसेका एक जोडी पाण्डालाई देख्न सकिन्छ ।
मन लोभ्याउने ‘सेन्ट्रल एभेन्यु’

सेन्टल एभेन्यु एक हजार ४०० मिटर लामो र ११ मिटर चौडा मार्ग हो । हारबिनकै मुख्य व्यापारिक केन्द्र मानिने यो मार्ग सोनहुआ नदी किनारको मेमोरियल टावरबाट शुरु भएर सिन्याङ चौक गएर टुङ्गिन्छ । सेन्ट्रल स्ट्रीट पनि भनिने यहाँका फराकिला बाटा र चौकमा ढुङ्गा बिच्छाइएका छन् र चौबाटोबाट यातायातका साधन गुडिरहेका देख्न सकिन्छ ।

यहाँ पुराना शैलीका भवनहरुलाई संरक्षण गरेर राखिएको छ । रुसी वास्तुशैलीका यी भवनहरु भव्य र लोभलाग्दा छन् । चौक सफा र चिटिक्क परेका छन् । बाटोको मध्य भागमा देखापर्ने एक भूमिगत सार्वजनिक शौचालय कलात्मक छ र यसले यहाँका जनताको स्वच्छताप्रतिको संवेदनशीलता झल्काउँछ । साँझतिर यहाँका चौकमा तात्तातो खाद्यवस्तु चाख्न ठूल्ठूलो स्वरले पैदलयात्रीहरुलाई आमन्त्रण गरिरहेका दृश्य देख्न सकिन्छ । यसै शहरमा ५३ मिटर अग्लो विशाल र भब्य इस्टर अर्थोडक्स गिर्जाघर सेन्ट सोफिया रहेको छ ।

पश्चिमा संस्कृतिको अधिक प्रभाव देखिने यहाँका पसलहरुमा महङ्गा र विलाशी विदेशी सामानहरु पाउन सकिन्छ । विदेशी ब्राण्डका फर, ऊनी कपडा, सुती कपडा, औषधि, गरगहना, भित्ते घडी र नाडी घडी यहाँ पाइन्छ ।

झण्डै चार करोड जनसङ्ख्या रहेको यस प्रान्तमा हेलंगजियाङ विश्वविद्यालय रहेको छ । यहाँका सुइहुआ शहरमा व्यावसायिक र प्राविधिक विषयमा तालीम दिने हारबिन भोकेशनल एण्ड टेक्निकल कलेज छ । बा¥ह हजार भन्दा बढी विद्यार्थीले प्रशिक्षण लिइरहेको यो विशाल केन्द्रमा मेकानिकल एण्ड इलेक्ट्रिकल इन्जिनीयरिङ, कन्स्ट्रक्शन इन्जिनीयरिङ, इलेक्ट्रोनिक एण्ड इन्फर्मेशन इन्जिनीयरिङ, आर्ट एण्ड डिजाइन लगायत नौ विधामा प्रशिक्षण दिने र उच्च स्तरका प्रविधिज्ञ तयार पार्ने काम हुन्छ । अहिले यहाँ जाम्बियाका २६ विद्यार्थी प्रशिक्षण लिइरहेका छन् । प्रशिक्षणपूर्व आधा विद्यार्थीले त्यहीँ चिनियाँ भाषा सिकिरहेका छन् ।
यहाँको प्राक्टिश बेसेस अफ वेल्डिङका प्रवन्धक नाइचाओ लिले आणविक भट्टी (न्यक्लियर प्लान्ट) तयार गर्ने विभागको भावी योजना रहेको बताए । उनका अनुसार उच्च गतिको वेल्डिङमा अनुसन्धानलाई अघि बढाउने र तालीममा विदेशी विद्यार्थीहरुलाई सहभागी गराउने प्रयासमा विभाग लागिपरेको छ ।

कलेजका प्रमुख लिउसेनले यस केन्द्रमा वयस्कहरुले तालीम लिइरहेको देखेर अचम्ममा नपर्न आग्रह गर्दै भने – “हाम्रो कलेजमा तीन प्रकार प्रशिक्षार्थी छन् – बसाइँ सरेर आएका, बेरोजगार र अवकाश प्राप्त सैनिक ।” उनका अनुसार यो केन्द्रले बेरोजगारी समस्या समाधानमा उल्लेख्य योगदान पु¥याउँदै आएको छ । उच्च शिक्षा अध्ययन गर्न नपाएका जनशक्तिलाई समाज सेवाको फराकिलो क्षेत्रमा काम दिने कलेजको उद्देश्य रहेको पनि उनले बताए ।

अटोमोबिल्स इन्स्पेक्शन एण्ड मेन्टेनेन्स विभागमा प्रशिक्षण लिइरहेका फेङ झेनसेङ हेलंगजियाङकै अवकाश प्राप्त सैनिक हुन् । कुराकानीका क्रममा यस कलेजको प्रशिक्षणबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया उनले दिए ।

एक करोड भन्दा बढी मानिस रहने हारबिन शहरको चर्चा गर्दा छुटाउन नमिल्ने एउटा पक्ष सङ्गीत हो । शहरका कुना कुनाबाट मधुर सङ्गीतको धून बजिरहेको सुन्न पाइन्छ । सङ्गीतका लागि यो नामी शहरले सन् २०१० मा संयुक्त राष्ट्र सङ्घबाट ‘म्युजिक क्यापिटल’ को उपाधि पाएको थियो । यो शहरमा आगामी जुलाई १५–२९ मा चौथौं ‘स्कोनफेल्ड इन्टरनेशनल स्ट्रिङ कम्पिटिशन’ आयोजना हुन गइरहेको छ ।