१५ असार २०८३, सोमबार
,
Latest
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा



अ+ अ-

वाशिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानको तेल कारोबारसँग सम्बन्धित विभिन्न निकाय र व्यक्तिमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। प्रतिबन्धको सूचीमा १५ वटा संस्थान, दुई जना व्यक्ति तथा तथाकथित छायाँ जहाज समूहमा पर्ने १४ वटा जहाज समावेश छन्।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरानी शासनले गैरकानुनी रूपमा गर्दै आएको तेल तथा पेट्रोकेमिकल निर्यातलाई रोक्न प्रशासन प्रतिबद्ध रहेको जनाएको छ। मन्त्रालयका अनुसार यो कदम इरानमाथि दबाब बढाउने रणनीतिअन्तर्गत लिइएको हो।
यो घोषणा ओमानको मस्कटमा सम्पन्न अमेरिका र इरानबीचको अप्रत्यक्ष वार्ता सकिएको दिनमै सार्वजनिक गरिएको हो।

इरानको सरकारी समाचार संस्थाका अनुसार इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले उक्त वार्ता पूर्ण रूपमा आणविक विषयमै केन्द्रित रहेको स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार तेहरानले वाशिङ्टनसँग अन्य कुनै विषयमा छलफल गरेको छैन।

अराघचीले विगतमा भएका व्यवहार र अनुभवका कारण दुवै देशबीच गहिरो अविश्वास कायम रहेको उल्लेख गर्दै यही अविश्वास नै वार्ताका लागि सबैभन्दा ठूलो चुनौती बनेको बताउनुभएको छ। (रासस/सिन्ह्वा)