२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप छनोट क्रिकेटः बैतडी फाइनलमा



अ+ अ-

बैतडी। बैतडीको पुरुष टोली प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेश स्तरीय छनोटको फाइनलमा प्रवेश गरेको छ ।

बैतडीले आजको खेलमा डडेल्धुरामाथि पाँच विकेटको सहज जित निकालेको हो । यसअघि बैतडीले बझाङलाई आठ विकेट र दार्चुलालाई १२८ रनले हराएको थियो ।

खराब मौसमका कारण आजको खेल २० ओभरमा छोट्याइएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको डडेल्धुराले पाँच विकेटको क्षतिमा १३६ रन बनायो ।

डडेल्धुराका लागि अर्जुन विकले ३७ र विशाल ऐरले ३७ रन बनायो । बलिङतर्फ बैतडीका गजेन्द्र बोहराले तीन, नरेन भट्ट र हिक्मत महराले एक–एक विकेट लिए ।

एक सय ३७ रनको लक्ष्य बैतडीले १८ दशमलव एक ओभरमा पाँच विकेटको नोक्सानीमा भेट्टायो । बैतडीका लागि लोकेन्द्र चन्दले अर्धशतकीय पारी खेल्दै ५४ रनको योगदान दिए ।

उनी ‘प्लेयर अफ दी म्याच’समेत भए । यस्तै दीपक बोहराले अविजित ३१ र आयुश चन्दले अविजित ३० रन बनाए । बलिङतर्फ डडेल्धुराका अर्जुन विकले तीन तथा सुरज देउवा र सुवेशसिंह रावलले एक–एक विकेट लिए ।

बैतडीले अब फाइनलमा शनिबार कञ्चनपुरको सामना गर्नेछ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा प्रदेशका आठ जिल्ला सहभागी छन् । रासस