१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले निर्वाचन निष्पक्ष गराउन आवश्यक तयारी गर्नुपर्छः मायाप्रसाद शर्मा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद मायाप्रसाद शर्माले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले निर्वाचन प्रचारको क्रममा सामाजिक सञ्जालमार्फत लागीगलौजका आपत्तिजनक भाषाहरु प्रयोग गरिएकोमा आपत्ति जनाउँदै सम्बन्धित निकायले त्यसमा रोक लगाउनुपर्ने समेत बताउनु भयो । उहाँले राजनीतिक दलहरुले निर्वाचनमा आफ्नो पार्टीको दृष्टिकोणसहित जनतामा प्रश्तुत भएर उनीहरुको विश्वास जित्ने गरी अघि बढ्न आवश्यक रहेको बताउनु भयो । सांसद शर्माले राजनीतिक दलहरुले आफ्नो सैद्धान्तिक दृष्टिकोण जनतामा लिएर जान नसक्ने हो भने त्यसले जनतामा भ्रम सृजना हुने खतरा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब निर्वाचन आयो, निष्पक्ष होस्, शान्तिपूर्ण होस्, राजनीतिक दलहरुले निर्वाचनमा तँछाडमछाड भन्दा संैद्धान्तिक दृष्टिकोण समाजवाद हो कि, जनवाद हो कि । लोकतन्त्र हो कि । आफ्नो स्पष्ट दृष्टिकोण राखेपछि जनतालाई बुझाउन सजिलो हुन्छ । फेसबुकमा जथाभावी लेखेको छु, तथानाम गालीगलौज गरेको छ । त्यसले मुलुकलाई गलत बाटोमा लैजान्छ । त्यसकारण सबै राजनीतिक दलहरुले् आफ्नो दृष्टिकोणसहित निर्वाचनमा जान आवश्यक छ ।’ 

सांसद शर्माले जाजरकोट लगायतका भूकम्प पीडितका लागि राहतको व्यवस्थापनमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।