५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

भदौ २३ र २४ मा यति ठूलो भेल आयो कि, साइक्लोनजस्तै आयो: प्रधानमन्त्री कार्की

भदौ २३ र २४ मा यति ठूलो भेल आयो कि, साइक्लोनजस्तै आयो: प्रधानमन्त्री कार्की
अ+ अ-

काठमाडौं । यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्यरुपमा मनाइने भएको छ ।

२००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको हो ।

आज प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति पनि गठन गरेको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने समितिमा नेपाल सरकारका मन्त्रीहरु, काठमाडौँ उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरु, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु सदस्य हुनुहुन्छ । गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्य-सचिव हुनुहुन्छ ।

निर्णयअनुसार तीन दिनसम्म नेपालभर र विदेशस्थिति नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरुमा विभिन्न कार्यक्रम गरिनेछ । मूल समारोहको कार्यक्रम काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा गरिनेछ ।

बैठकमा प्रधानमन्त्री कार्कीको भनाइ-

राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ हाम्रा लागि एकदमै महत्त्वपूर्ण छ । यसबीचमा हामीले पटकपटक प्रजातन्त्रका लागि संघर्ष गर्नुपरेको छ । ती सबै आन्दोलन र नेपाली जनताले गरेको बलिदानी र त्यसबाट भएका उपलब्धिको प्रतीक हो यो दिन ।

देशमा पछिल्लो समय केही सकारात्मक परिवर्तन देखिन थालेको छ । भदौ २३ र २४ गते भएको आन्दोलनले मुलुकमा परिवर्तन ल्याएको छ । देशमा अलिकति परिवर्तन आएको छ । हरेक ठाउँमा नयाँ युवाहरुलाई ठाउँ दिनुपर्ने भावना आएको छ मुलुकमा । यही भावनाबाट प्रजातन्त्र फस्टाउँछ र विकसित हुन्छ ।

यो दिन एकै प्रयासमा सम्भव भएको होइन । हाम्रो समाज सधैँ आन्दोलित नै रह्यो । गत भदौ २३ र २४ मा त झन् यति ठूलो भेल आयो कि, साइक्लोनजस्तै आयो ।

लोकतन्त्र स्थापित गर्ने मात्र होइन । लोकतन्त्रको बाटोमा हामी हिँड्नुपर्‍यो । देश लोकतन्त्रको बाटोमा जानुपर्‍यो । लोकतन्त्रको अभ्यास गर्नुपर्‍यो । व्यवहार लोकतन्त्र देखिनुपर्‍यो । जनताको र युवाको चाहनाबमोजिम काम गरेर देखाउनुपर्‍यो । त्यसैले हामीले प्रजातन्त्र दिवसलाई थप महत्त्व दिनुपरेको हो ।

२००७ सालदेखि जेनजी आन्दोलन कतिले ज्यान गुमाउनुपर्‍यो ? कतिपटक आन्दोलन गर्नुपर्‍यो ? त्यसको स्मरण गरौँ । ती सहिदहरुको सम्मान गरौँ । तिनको बलिदानीलाई सम्झौँ र उहाँहरुको सपनालाई वास्तवमै साकार पार्न लागौँ ।

एउटा प्रण गरौँ, अठोट गरौँ- आगामी दिनमा हर पुस्ताले लडाइँ लड्न नपरोस् । प्रत्येक देशवासीले शान्तिसँग बाँच्न पाऊन् । अबको बाटो शान्तितिर होस् । शान्ति भए मात्र देशमा विकास हुन्छ । सबै जातजाति, धर्म, संस्कृति, वर्ग र समुदायबीच एकता र सहयोगको भावना होस् ।

जेनजी योद्धाहरुले देखाएका विसंगति मेटाएर जानुपर्छ अब । सबैभन्दा माथि एकता र मानवता हुनुपर्छ ।