१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङका सम्पूर्ण बिद्यार्थीलाई नेबिसंघले नि:शुल्क वनभोज कार्यक्रम गर्ने



अ+ अ-

धादिङ । जिल्लाको सम्पूर्ण स्कुल तथा क्याम्पस स्तरका बिद्यार्थीलाइ समेटेर नेपाल विद्यार्थी संघ गल्छी गाउँपालिकाले वनभोज तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। वनभोज तथा अन्तरक्रिया कार्यक्रम माघ २५ गते शनिवार ११ बजे हुने कार्यक्रम रहेको छ।

नेबिसघलाई जिल्लामा थप उचाई दिनुपर्ने र उर्जावान बिद्यार्थीहरुलाई एकै ठाउँमा भेला गर्ने कार्यक्रमको उद्देश्य रहेको कार्यक्रमको संयोजक समेत रहनु भएको नेबिसंघ गल्छी गाउँपालिकाको अध्यक्ष राजु पुलामीले जानकारी दिनुभयो ।

वनभोज तथा अन्तरक्रिया कार्यक्रमको आर्थिक समितिको जिम्मेवारी श्रीराम खतिवडाले लिदै वनभोज तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने बिद्यार्थीलाई कुनै पनि शुल्क नलाग्ने बताएका हुन् ।

कार्यक्रमलाई सफल बनाउन धुनिबेशी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, बेनीघाट रोराङ गाउँपलिका, सिद्धलेक गाउँपालिका, निलकण्ठ नगरपालिका लगायत करिव करिव धादिङको सम्पूर्ण गाउँपालिकाको बिद्यार्थी संगठन सँग समन्वय भइरहेको र निम्न स्थानिय तहको सम्पूर्ण बिद्यालय तथा क्यापसका बिद्यार्थी आउने आयोजकको दावी रहेको छ। यस्तै कार्यक्रमलाई सफल बनाउन नेबि सघ धादिङ, नेपाली काग्रेस गल्छी गाउँपालिका, धादिङ जिल्लाको सम्पूर्ण गाउँपालिका समन्वय समितीले बिशेष सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।