• २ श्रावण २०८१, बुधबार
  •      Wed Jul 17 2024
  •   Unicode
Logo
Latest
★   प्रोत्साहित हुने नीति लिइन्छ : प्रधानमन्त्री, मनोबल बढाउनुपर्छ : ढकाल ★   करार र अस्थायी कर्मचारी नहटाउन सतर्कता केन्द्रको निर्देशन ★   आज हरिशयनी एकादशी : घरघरमा तुलसी रोपिँदै ★   सिमलताल दुर्घटनाः १७ शव फेला, नौको पहिचान,नवलपुरमा आज थप चार शव भेटिए ★   पत्रकारिताको धारमा बहस गरौं: प्रेस काउन्सिल अध्यक्ष बस्नेत ★   पशुपति कोटीहोम महायज्ञ सुरु ★   वनमा छाडिएका वृद्धको उद्धार ★   विधिपूर्वक मनाइयो साउने (कर्कट) सङ्क्रान्ति ★   परराष्ट्रमन्त्री डा राणाको नीति: राष्ट्रियता र ‘नेपाल फर्स्ट’ ★   सुरु भयो नवौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन, यी हुन् आवेदन दिने अवार्डका १४ विधाहरु

स्वबियु निर्वाचनको तयारीमा जुट्न उपाध्यक्ष रिजालको आग्रह



काठमाडौं । नेविसंघका निवर्तमान उपाध्यक्ष निलकण्ठ रिजालले फाल्गुन १४ गतेका लागि घोषणा भएको स्वबियु निर्वाचन जुट्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । उपाध्यक्ष रिजालले विद्यार्थी संगठनहरु विशेष गरि नेविसंघ अत्यन्त सजग र सतर्क हुन हुनुपर्ने उल्लेख गरेका हुन् ।

उपाध्यक्ष रिजालले २०३६ सालको विद्यार्थी आन्दोलनको उपलब्धि हो ‘स्वबियु निर्वाचन’ नेपाल विद्यार्थी संघको नेतृत्वमा भएकाले विद्यार्थी आन्दोलनबाट प्राप्त प्रमुख उपलब्धि भएको स्वबियु संग नेविसंघको आफ्नै किसिमको भावनात्मक साइनो रहेको बताएका छन् । स्वबियु निर्वाचनले लोकतान्त्रिक संस्कृतिको सम्बर्द्धन गर्नुको साथै विद्यार्थी आन्दोलनलाई अझ शसक्त बनाउन मद्दत पुर्याउने रिजालले बताए ।

मुलुकभरका क्याम्पसमा नेविसंघ इकाई समितिहरु कृयाशिल अवस्थामा रहेका छन। स्वबियु निर्वाचनमा भागलिन तयार भएर बसेका छन्। नेविसंघको आफ्नै शसक्त संगठन, क्याम्पसभित्र नेविसंघका साथिहरुको बिशेष कृयशिलता, कम्युनिस्ट सरकारको गलत कृयाकलापले मुलुकभर बामपंथीहरु विरुद्ध बढ्दै गएको जनमत जस्ता कारणले आगमी स्वबियु निर्वाचनमा अधिकांश क्याम्पसमा नेविसंघको जित्ने रिजालको दावि रहेको छ ।