३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको राशिफल – २०७८ पुस १४ गते, बुधबार



अ+ अ-

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आजको दिन उल्लासपूर्ण बित्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । पुँजी बजार या अरु व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मनमा निराशा र शरीरमा आलस्य आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । मान प्रतिष्ठामा वृद्धि होला । धर्मकर्ममा मन पनि लाग्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । विद्याको विकास हुनेछ । सामाजिक, राजनैतिक तथा न्यायिक कार्यमा सफलता मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफूलाई शारीरिक थकान भएको अनुभूति हुनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनसक्छ । खर्च बढेपनि मन भने प्रसन्न रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

बोलिको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्षप्रति आकर्षण बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । नयाँ सामान हात पर्ने र शिक्षामा सफलता मिल्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । तीर्थाटनको योग पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।