• २ श्रावण २०८१, बुधबार
  •      Wed Jul 17 2024
  •   Unicode
Logo
Latest
★   प्रोत्साहित हुने नीति लिइन्छ : प्रधानमन्त्री, मनोबल बढाउनुपर्छ : ढकाल ★   करार र अस्थायी कर्मचारी नहटाउन सतर्कता केन्द्रको निर्देशन ★   आज हरिशयनी एकादशी : घरघरमा तुलसी रोपिँदै ★   सिमलताल दुर्घटनाः १७ शव फेला, नौको पहिचान,नवलपुरमा आज थप चार शव भेटिए ★   पत्रकारिताको धारमा बहस गरौं: प्रेस काउन्सिल अध्यक्ष बस्नेत ★   पशुपति कोटीहोम महायज्ञ सुरु ★   वनमा छाडिएका वृद्धको उद्धार ★   विधिपूर्वक मनाइयो साउने (कर्कट) सङ्क्रान्ति ★   परराष्ट्रमन्त्री डा राणाको नीति: राष्ट्रियता र ‘नेपाल फर्स्ट’ ★   सुरु भयो नवौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन, यी हुन् आवेदन दिने अवार्डका १४ विधाहरु

आवश्यकता पूरा हुने सहायता स्वीकारौँ : सहमहामन्त्री महत



कास्की । नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले देशको आवश्यकता र स्वार्थ पूरा हुने सहयोग र सहायता स्वीकार गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उहाँले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० नेपाली जनताको हित र आवश्यकताको पक्षमा रहेकाले आफ्नो पार्टीले समर्थन गरेको उल्लेख गर्नुभयो ।

देशको आवश्यकता र स्वार्थलाई निश्चित देशसँगको सम्बन्धबाट कति सुरक्षित गर्न सक्दछौँ भन्ने परराष्ट्र नीतिको मूल विषय रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “कुन देशको राजनीतिक प्रणाली कस्तो छ भन्नेमा त्यही देशको सरोकार हो । हाम्रो सरोकार देशदेशसँगको सम्बन्ध हो, त्यहाँको राजनीतिक प्रणालीसँगको सम्बन्धको कुरा होइन ।”

‘यति ग्रुप’को हातमा देशको राष्ट्रिय सम्पत्ति अपारदर्शिरुपमा एकपछि अर्को ढङ्गले जिम्मा लगाउने काम भएको भन्दै उहाँले सरकारको गलत कामको विरोधलाई पार्टीले तीव्र बनाएर लैजाने र राम्रो कामको समर्थन गर्ने बताउनुभयो । काँग्रेसको आगामी वर्ष हुने महाधिवेशन तोकिएकै मितिमा हुनेमा पार्टीभित्र सहमति भइसकेको बताउँदै उहाँले सबै विषय मिलिसकेकाले आगामी वर्ष फागुन ७ देखि १० गतेसम्म महाधिवेशन हुने उल्लेख गर्नुभयो ।