५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

प्रतिनिधिसभा निर्वाचनः तनहुँ–२ मा पुराना दललाई नयाँको चुनौती

प्रतिनिधिसभा निर्वाचनः तनहुँ–२ मा पुराना दललाई नयाँको चुनौती
अ+ अ-

दमौली (तनहुँ), २० माघः तनहुँमा दुईवटा निर्वाचन क्षेत्र छन् । साबिक तनहुँ क्षेत्र नम्बर ३ वामपन्थी दलहरुले जित्दै आएको क्षेत्र हो । तनहुँमा हाल दुई निर्वाचन क्षेत्र छन् ।

यस निर्वाचन क्षेत्रमा म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र व्यास नगरपालिकाको वडा नम्बर ५ र ६ पर्दछ । तनहुँ क्षेत्र नम्बर २ मा एक लाख २७ हजार ५१५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले जानकारी दिनुभयो । यो निर्वाचन क्षेत्रमा १५६ मतदान केन्द्र छन् ।

विसं २०४८ यताको संसदीय निर्वाचनमा पाँचपटक नेपाल कम्युनिष्ट पार्टी (एमाले) र दुईपटक नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । विसं २०४८ मा नेकपा (एमाले) का किरण गुरुङ, २०५१ सालमा नेपाली कांग्रेसका अमरराज कैनी, २०५६ सालमा नेकपा (एमाले) का टुकराज सिग्देल, २०६४ सालमा नेकपा (एमाले) का किरण गुरुङ, २०७० सालमा नेकपा (एमाले) का टुकराज सिग्देल, २०७४ सालमा नेकपा (एमाले) कै केदार सिग्देल र २०७९ सालमा नेपाली कांग्रेसका शङ्कर भण्डारी निर्वाचित हुनुभएको थियो ।

यस क्षेत्रमा यस पटक नयाँ दलले समेत चुनौती दिएका छन् । यो क्षेत्रमा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसबाट शङ्कर भण्डारी, नेकपा (एमाले) बाट केदार सिग्देल, नेपाली कम्युनिष्ट पार्टीबाट सोमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रीराम न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीबाट लालबहादुर गोतामे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यमबहादुर ठकुरी, नेपाल जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल अर्गनाइजेसनबाट सुष्मा आले, नेसनल रिपब्लिक नेपालबाट नमबहादुर राना, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मण अधिकारी र नेकपा (माओवादी) बाट गणेशबहादुर लामगादे प्रतिस्पर्धामा हुनुहुन्छ ।

विसं २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार शङ्कर भण्डारी तत्कालीन नेकपा (माओवादी केन्द्र)सँगको गठबन्धनबाट ३० हजार ६०४ मतसहित निर्वाचित हुनुभएको थियो । नेकपा (एमाले) का किरण गुरुङले २५ हजार १३०, राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले पाँच हजार ३७३, राप्रपाका नरेन्द्रप्रताप महतले एक हजार ४२१ मत प्राप्त गर्नुभएको थियो ।

मुख्यगरी नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, रास्वपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।रासस