२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी महाधिवेशनः २९९ केन्द्रीय सदस्य चयनका लागि निर्वाचन प्रक्रिया सुरु



अ+ अ-

काठमाडौं । आठौं महाधिवेशनमा होमिएको नेकपा (माओवादी केन्द्र) ले २९९ सदस्यीय केन्द्रीय कमिटीको लागि निर्वाचनको प्रक्रिया सुरु गर्ने भएको छ । यसका लागि आज दिनभर मतदाता नामावली संकलन गर्ने तयारी भएको निर्वाचन समितिका संयोजक विष्णु पुकार श्रेष्ठले जानकारी दिए ।

माओवादीमा देशभरबाट १६०८ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । आज (बुधबार) मतदाता नामावलीको संकलन गरिसकेपछि भोलि नामावली प्रकाशन, दाबी विरोध र अन्तिम सूची प्रकाशन हुने र त्यसपछि निर्वाचनको प्रक्रियामा प्रवेश गर्ने माओवादीको तयारी छ । 

निर्वाचनको प्रक्रिया सुरु भए पनि सहमतिमा नेतृत्व चयनको प्रक्रिया पनि जारी राख्ने तयारी माओवादीले जनाएको छ ।  अन्तिम सम्म पनि सहमतिको प्रयास नभए क्लस्टरसहित केन्द्रीय सदस्यको लागि चुनावमा जाने गरी माओवादीले निर्वाचन प्रक्रिया अघि बढाएको छ ।