१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी पारित हुन्छ, सर्त जरुरी छैन: देवेन्द्र पौडेल



अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले संसद्बाट ‘एमसीसी’ पारित हुने दाबी गरेका छन् । ‘प्रमुख प्रतिपक्षी दलले पनि पारित गर्नुपर्छ भनेको छ, प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको छ,’ राजधानीमा मंगलबार आयोजित साक्षात्कारमा पूर्वमन्त्रीसमेत रहेका पौडेलले भने, ‘नेपालमा थुप्रै राष्ट्रका सहयोग र अनुदान चलिरहेकाले ती कार्यक्रम संसद्बाट पारित नभएका पनि छन् ।’

‘एमसीसी कम्प्याक्ट’बारे आफूहरूले गहन अध्ययन तथा अनुसन्धान गरेरै बोलेको पनि पौडेलले स्पष्ट पारे । कांग्रेस नेता तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले सभामुखमा उम्मेदवारी दिएका सापकोटाले ‘कसैको पनि आग्रह र पूर्वाग्रहमा काम गर्न नहुने’ सुझाव दिए ।

राष्ट्रिय जनमोर्चा अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले सभामुखका लागि नेकपाले योग्य उम्मेदवार बनाएको जिकिर गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) अध्यक्ष पशुपति शमशेर जबराले एमसीसीबारे अहिल्यै राष्ट्रिय रूपमा चर्चा तथा परिचर्चा भएको सुनाए । नेपालले राष्ट्रिय स्वार्थ र हित केन्द्रमा राखेर काम गर्नुपर्ने उनको सुझाव छ ।