• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक

बेहुलीको आमालाई नै बेहुलाको बाबुले भगाएपछि…



काठमाडौं । माया अन्धो हुन्छ तर कति अन्धो हुन्छ थाहा पाउन मुश्किल छ । जरुरी हुँदैन कि माया प्रेम जवानीमा मात्रै हुन्छ । माया प्रेम जुनसुकै उमेरमा पनि हुनसक्छ । तर स्थिति तब अनौठो हुन्छ जब हुँदै गरेकी बेहुलीको आमा हुँदै गरेको बेहुलाको बाबुसँगै भाग्दछिन् । यस्तै भएको छ भारतको गुजरातस्थित सूरत जिल्लामा ।

आगामी फ्रेबुअरीमा युवक र युवतीको बीच विवाह हुने निश्चित भईसकेको थियो । तर, विवाह अघि नै बेहुली बन्नेवाली केटीको आमा नै केटाको बाबुसँग भागेकी छिन् । घटनाको कारणले गर्दा दुवै परिवारबीच सम्बन्धमा दरार आएको छ । केटा र केटीबीचको विवाह कार्यक्रम रद्द भएको छ । विवाहको पहिले नै केटाको बाबु र केटीको आमा वेपत्ता भएका छन् । दुवै परिवारले जनाएअनुसार हुँदै गरेका बेहुलाका पिता र बेहुलीका आमा धेरै पहिलादेखि नै परिचित थिए ।

अहिले दुवै परिवारले केटाको बाबु र केटीको आमाले भागेर विवाह गरिरसेको निक्र्यौल गरेका छन् ।

स्थानीय प्रहरीले जनाएअनुसार विवाहको ठिक एक महिना अघि केटीको आमा घरबाट गायब भएपछि खोजविन गर्दा दुवै परिवारबीचको आन्तरिक कुरा बाहिर आएको थियो । अनुसन्धान गर्दै गर्दा केटाको बाबु र केटीको आमा सँगै भागेको थाहा पाएपछि खोजविन रोकिएको थियो ।

अहिलेसम्म दुवैजनाको विषयमा केहि जानकारी पाइएको छैन् । प्रहरीको रिपोर्टसँगै दुवै परिवारले सम्बन्धलाई पनि तोडेका छन् । केटा र केटीबीच एक वर्ष पहिला नै विवाह गर्ने कुरा निश्चय भएको थियो ।