४ आश्विन २०८१, शुक्रबार
,
Latest
अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट ‘मुभी लभर्स कम्युनिटी’ले ‘आँखा’को विशेष प्रदर्शन गर्ने महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय: माधव नेपाल नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ शिक्षाको हब बन्दै पोखरा प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान सहकारी समितिमा रवि लामिछानेले दिएको बयानमा के छ ? (पूर्णपाठ) सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो हो संसारको सबैभन्दा सानो कारागार, जहाँ दुई जना कैदी मात्रै बस्न सक्छन्



अ+ अ-

एजेन्सी । संसारभर धेरै ठूला जेलहरू छन्, जहाँ खतरनाक र डरलाग्दो अपराधीहरूलाई कैद गरिन्छ । के तपाईलाई संसारको सबैभन्दा सानो जेलको बारेमा थाहा छ ?

संसारमा एउटा यस्तो जेल पनि छ जहाँ दुई जना कैदीलाई मात्रै राख्ने ठाउँ छ । यो जेल बेलायतको सबैभन्दा सानो टापुमा बनेको छ, जुन १६८ वर्ष पुरानो छ ।

एक समाचार अनुसार इंग्लिस च्यानलको सार्क आइल्याण्डमा बनेको ‘सार्क जेल’लाई विश्वकै सानो जेलको दर्जा दिइएको छ । यो कारागार सन् १८५६ मा बनेको थियो, जसमा २ जना मात्रै कैदी अट्न सक्छ । अचम्मको कुरा के छ भने यति वर्ष बितिसक्दा पनि यो कारागारमा खासै परिवर्तन हुन सकेको छैन ।

वर्षौंमा, जेल भित्रको रूप निश्चित रूपमा केहि हदसम्म परिवर्तन भएको छ । यसबाहेक यहाँ पानी, शौचालय र बिजुलीको व्यवस्था गरिएको छ । सार्क द्वीप ५.४ वर्ग किलोमिटरमा फैलिएको छ, जहाँ लगभग ५६२ मानिसहरू बस्छन् ।

यो कारागार निर्माण गर्न अदालतले सन् १८३२ मा आदेश दिएको भए पनि पूरा हुन २४ वर्ष लागेको थियो । यसको पछाडिको कारण यो थियो कि यो निर्माण गर्न कोहीसँग पैसा थिएन । दुई वटा कोठा छोडेर यो कारागार भित्रबाट दुई भागमा विभाजन गरिएको छ ।

यसको एउटा कोठा ६ बाइ ६ फिट र अर्को ६ बाइ ८ फिटको छ । दुबै कोठामा कैदीहरूका लागि पातलो काठको ओछ्यानहरू छन् । यस कारागारमा कैदीलाई बढीमा २ देखि ३ दिनसम्म मात्र राख्न पाइन्छ । तर, विशेष कुरा यो हो कि यस टापुमा कुनै पनि गम्भीर अपराध छैन । यही कारण यस टापुमा दुई जना मात्रै प्रहरी छन् ।

एक रिपोर्टका अनुसार यस टापुमा बसोबास गर्ने मानिसहरूको दावी पनि छ कि यहाँ धेरै व्यक्तिहरूमाथि आपराधिक मुद्दाहरू छन्, जसमा रक्सीको नशामा सवारी चलाउने जस्ता अन्य धेरै केसहरू छन् । तर यहाँ स्रोतसाधन नहुँदा उनीहरुमाथि कारबाही हुन सकेको छैन । त्यसैले यो जेल धेरै प्रयोग हुँदैन ।