२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले गर्‍यो युरोपका १९ देशमा संगठन विस्तार



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले युरोपका विभिन्न १९ देशमा संगठन विस्तार गरेको छ । 

महाधिवेशन अघि नै युरोपका १९ देशहरुमा अधिवेशन गरेर नयाँ कमिटी बनाएको माओवादीले जनाएको छ । 

नेकपा माओवादी केन्द्र प्रवास समिति प्रमुख निर्वाचन आयुक्त समेत रहेका सुरेन्द्र नेपाल श्रेष्ठका अनुसार ती देशहरुमा जनप्रगतिशील मञ्चका नाममा १९ देशमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको हो । 

माओवादीले जर्मनी, पोर्चुगल, नेदरल्याण्ड, आयरल्याण्ड, डेनमार्क, स्पेन, बेलायत, बेल्जियम, अष्ट्रीया, चेक रिपब्लिक, फ्रान्स, पोल्याण्ड, क्रोयशिया, स्वीजरल्याण्ड, इटाली, नर्वे, माल्टा, साइप्रसमा संगठन विस्तार गरेको छ । 

माओवादीले निकट भविष्यमै रोमानिया, स्लोभेनिया, स्लोभाकिया, हंगेरी, रसिया, फिनल्याण्ड र टर्कीमा समेत संगठन विस्तार गर्ने तयारी गरेको जनाएको छ ।