५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुलमा आइएस लडाकूद्वारा आत्मसमर्पण



अ+ अ-

काबुल । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको द्वन्द्वग्रस्त प्रान्त नान्गाहारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका केही सदस्यले आत्मसमर्पण गरेका छन् ।

अफगानिस्तानका सुरक्षा अधिकारीहरुले जनाएअनुसार अफगानिस्तानको विशेष सुरक्षा बल समक्ष आइएसका कमाण्डरहरु समेत गरी कम्तीमा पनि १२ जनाले आत्मसमर्पण गरेका हुन् ।

ती सुरक्षा अधिकारीहरुका अनुसार केही स्थानीय कमाण्डरसहित १२ जना लडाकूले अफगानिस्तानको राजधानी काबुलबाट दक्षिणतर्फ अवस्थित सो प्रान्तमा रहेको सेनाको एक ब्यारेकमा आएर आत्मसमर्पण गरेका हुन् ।

नान्गाहार प्रान्तको आचिन जिल्लामा आतङ्कवादविरुद्ध सुरक्षा बलले जारी राखेको कारबाहीको क्रममा १२ आइएस लडाकू समूहले आफूसँग रहेका शक्तिशाली हतियारसहित अफगान विशेष सेनासमक्ष आत्मसमर्पण गरेका छन् ।

अफगान सेनाद्वारा जारी विज्ञप्तिमा बाँकी आइएस सदस्यले पनि आत्मसमर्पण गर्ने तयारी गरेको सूचना सरकारलाई प्राप्त भएको उल्लेख छ । उनीहरुसमक्ष आत्मसमर्पण बाहेक अर्को कुनै विकल्प नभएको सेनाले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

गत हप्तामात्र पनि उक्त क्षेत्रमा केही लडाकूहरुले सुरक्षा बल समक्ष आत्मसमर्पण गरेका थिए । सो आतंककारी समूहमा लागेका महिला तथा केही बालसैन्य समेत गरी ७०० भन्दा बढीले गत हप्ता आत्मसमर्पण गरेका थिए ।