१० असार २०८३, बुधबार
,
Latest
सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’, प्रहरीलाई दिए धन्यवाद



अ+ अ-

काठमाडौं । हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । बुधबार बिहान ट्राफिक प्रहरीले सिट बेल्ट नलगाइ कार चलाएकोमा चिट काटेको हुन् ।

कारबाहीमा परेपछि घिमिरे महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुग्दै ट्राफिक प्रहरी जवानले आफूसँग मिठो बोली, वचन गरेको बताए । उनले महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवादसमेत दिएका छन् ।

‘मैले सिट बेल्ट लगाउन बिर्सिएछु । ट्राफिक भाइले तपाईंलाई कारबाही गर्छु है.. भनेर मिठोसँग भन्नुभयो,’ घिमिरेले भने, ‘आफैं लाइसेन्स दिउँ दिउँ लाग्नेगरी बोल्नु भएपछि मैले पनि हुन्छ भनेँ । ’

महाशाखा प्रमुख ढकालसँग उनले आफूलाई कारबाही गर्ने जवानलाई फेरि भेट्ने इच्छा गरे । त्यही अनुरुप ट्राफिक प्रहरी जवान सन्तोष चौधरीलाई भेटेर उनले राम्रो व्यवहार र वचनका लागि आभार दर्शाएका छन् ।

यातायात व्यवस्था ऐनको प्रावधानअनुसार उनलाई ५ सय रुपैयाँ जरिवाना गरिएको छ ।