१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’, प्रहरीलाई दिए धन्यवाद



अ+ अ-

काठमाडौं । हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । बुधबार बिहान ट्राफिक प्रहरीले सिट बेल्ट नलगाइ कार चलाएकोमा चिट काटेको हुन् ।

कारबाहीमा परेपछि घिमिरे महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुग्दै ट्राफिक प्रहरी जवानले आफूसँग मिठो बोली, वचन गरेको बताए । उनले महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवादसमेत दिएका छन् ।

‘मैले सिट बेल्ट लगाउन बिर्सिएछु । ट्राफिक भाइले तपाईंलाई कारबाही गर्छु है.. भनेर मिठोसँग भन्नुभयो,’ घिमिरेले भने, ‘आफैं लाइसेन्स दिउँ दिउँ लाग्नेगरी बोल्नु भएपछि मैले पनि हुन्छ भनेँ । ’

महाशाखा प्रमुख ढकालसँग उनले आफूलाई कारबाही गर्ने जवानलाई फेरि भेट्ने इच्छा गरे । त्यही अनुरुप ट्राफिक प्रहरी जवान सन्तोष चौधरीलाई भेटेर उनले राम्रो व्यवहार र वचनका लागि आभार दर्शाएका छन् ।

यातायात व्यवस्था ऐनको प्रावधानअनुसार उनलाई ५ सय रुपैयाँ जरिवाना गरिएको छ ।