३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बास्केटबलमा स्वर्णिमको दोहोरो जित

बास्केटबलमा स्वर्णिमको दोहोरो जित
अ+ अ-

काठमाडौँ: स्वर्णिमले १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा बिहीबार दोहोरो जित हात पारेको छ । स्वर्णिम सिनियर ब्वाइज र गल्र्समा विजयी भयो ।

स्वयम्भूस्थित आयोजक दि एक्सेल्सियर स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा स्वर्णिमले ओरेकल रेलाई ३८–३१ ले पराजित ग¥यो ।

स्वर्णिमको जितमा श्रोतम कार्कीले १५ अंक योगदान गरे । सिनियर गल्र्समा हिसी डोल्मा ल्हामुको ४ अंक सहयोगमा स्वर्णिमले ज्ञानोदय बाल वाटिकालाई २२–६ ले सहजै हरायो ।

सिनियर ब्वाइजमा राराहिलले एक्सेल्सियरलाई २४–१९ तथा बाल दीक्षा सदनले ज्ञानोदयलाई ४३–१२ ले पाखा लगाए । राराहिलका ओवेशले १३ तथा बाल दीक्षाका सयल महर्जनले १० अंक जोडे ।

सिनियर गल्र्समा द चाँदबाग स्कुलले बाल दीक्षालाई २५–३ तथा ल्यान्डमार्क एकेडेमीले ह्वाइटफिल्डलाई २२–१२ ले पन्छाए । चाँदबागकी सार्गा बाराकोटीले ८ तथा ल्यान्डमार्ककी प्रतीक्षा राईले १६ स्कोर गरे ।

फुटसल:

एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ मा स्वस्तिश्री गुरुकुलले सेक्रेड हार्टलाई २–१, जोन डेवीले स्वस्तिश्री गुरुकुललाई ३–२ र सेक्रेड हार्टले कोहिनुरलाई ३–० गोलले पराजित गरे । अर्को खेलमा जोन डेवी र सेक्रेड हार्टले गोलरहित बराबरी खेले ।

यु–१३ मा जोन डेवीले सेक्रेड हार्टलाई ३–० र एआई स्कुललाई २–१, ज्ञानोदयले बाल दीक्षालाई २–१ र होली भिजनलाई ८–१, एक्सेल्सियरले होली भिजनलाई ३–० तथा रेडियन्ट पब्लिकले किड्स लर्निङलाई १–० गोलले हराए । एआई र हार्टल्यान्डबीचको खेल १–१ गोलको बराबरीमा टुंगियो ।
यु–१६ मा न्यु एरा एकेडेमीले बाल दीक्षालाई ५–० को फराकिलो गोलअन्तरले पाखा लगायो । एक्सेल्सियर र न्यु अरुणोदयबीचको खेल गोलरहित बराबरीमा सकियो ।